काठमाण्डौ । जापानी मुद्रा‘जापानी येन’३४ वर्षकै कमजोर बनेको छ । बुधबार जापानी येन डलरको तुलनामा ३४ वर्ष यताकै न्यून विन्दुमा पुगेको छ ।
यो दिन १ डलरको मूल्य १५१.९७ येनसमम पुगेको छ । येनको मूल्यमा आएको व्यापक गिरावटसँगै येनको स्थिरतामा वृद्धिका लागि सरकारी हस्तक्षेप हुन सक्ने सम्भावना रहेको बताइएको छ ।
कमजोर मुद्रालाई टेवा दिन जापानी नीति निर्माताहरुले कदम चाल्न सक्ने अधिकांश लगानीकर्ताले अपेक्षा गरेका छन् । जापानका अर्थमन्त्री सुनिचि सुजुकीले सरकारले कमजोर बन्दै गएको मुद्रालाई टेवा दिन सक्ने संकेत गरेका छन् ।
जापानको केन्द्रीय बैंक‘बैंक अफ जापान’सँग त्यहाँको अर्थमन्त्रालय र वित्तीय सेवा एजेन्सीको बैठकमा अन्तराष्ट्रिय मामिलाका उप वित्तमन्त्री मासातो कान्डाले येनको चाल नजिकबाट अनुगमन भईरहेको बताएका छन् ।
्जापानको केन्द्रीय बैंकले केहि समयअघि ब्याजदर बढाएसँगै येन कमजोर बन्ने क्रम तीव्र बनेको छ ।