बिहीबार, आश्विन २२,२०८३ 06:03:21
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 06:03:21
Bizshala
Global IME Bank Limited

गुगलले पहिलोपटक ल्यायो ई–मेल एड्रेस परिवर्तन गर्न सकिने सुविधा

Bizshala
गुगलले पहिलोपटक ल्यायो ई–मेल एड्रेस परिवर्तन गर्न सकिने सुविधा
New Office

काठमाण्डौ । जीमेल प्रयोगकर्ताहरुले छिट्टै नै आफ्नो इमेल ठेगाना परिवर्तन गर्न सक्नेछन्। इमेलको अन्त्यमा @gmail.com मा भएका सबै जिमेल एड्रेसमा यो परिवर्तन लागू हुनेछ। अहिलेसम्म यो सुविधा केवल त्यस्ता प्रयोगकर्ताहरूलाई उपलब्ध थियो, जसको इमेल जिमेलमा भए पनि कुनै अन्य सेवा प्रदायकसँग जोडिएको हुन्थ्यो, जस्तै—कुनै कम्पनीका कर्मचारीको आधिकारिक इमेल। तर @gmail.com मा अन्त्य हुने व्यक्तिगत जिमेल ठेगाना परिवर्तन गर्न सकिँदैनथ्यो। अब यो समस्या समाधान हुँदैछ।

गुगल अकाउन्टको इमेल ठेगाना परिवर्तन गर्ने सुविधा सबै प्रयोगकर्ताका लागि चरणबद्ध रूपमा रोलआउट गरिने जनाइएको छ । जिमेलमा इमेल ठेगाना परिवर्तन गर्ने सुविधा विशेष गरी ती व्यक्तिहरूका लागि उपयोगी हुनेछ, जसले धेरै वर्षअघि जिमेल अकाउन्ट बनाएका थिए। अकाउन्ट बनाउँदा युजर नेममा ध्यान नदिई बाल्यकालको नाम, घरमा बोलाइने नाम वा कुनै अनौपचारिक शब्द प्रयोग गरिएको थियो, र अहिले त्यही इमेल प्रोफेशनल जीवनमा प्रयोग गरिरहेकाले अब इमेल ठेगाना परिवर्तन गरेर प्रयोगकर्ताहरूले आफूका लागि अझ प्रोफेशनल पहिचान बनाउन सक्नेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

 

गुगल सपोर्ट पेजअनुसार, जिमेल ठेगाना परिवर्तन गर्ने प्रयोगकर्ताहरूले पुरानो र नयाँ दुवै इमेल ठेगानामा मेल प्राप्त गर्न सक्नेछन्। पुरानो इमेलमा सुरक्षित रहेको डाटा कुनै पनि रूपमा प्रभावित हुने छैन। प्रयोगकर्ताहरूले चाहेमा भविष्यमा पुरानो जिमेल ठेगानालाई फेरि प्रयोग गर्न पनि सक्नेछन्। तर यसमा १२ महिनाको सीमाबद्धता रहनेछ। अर्थात्, पुरानो इमेल नाम परिवर्तन गरेपछि १२ महिनासम्म त्यसलाई पूर्ण रूपमा हटाउन सकिँदैन।

गुगलले यो पनि स्पष्ट पारेको छ कि जिमेल आईडीको नाम परिवर्तन गरेपछि प्रयोगकर्ताहरूले Google Maps, YouTube, Google Play र Google Drive जस्ता सबै गुगल सेवाहरूमा नयाँ इमेल ठेगानाबाट साइन-इन गर्न सक्नेछन्। ध्यान दिनुपर्ने कुरा के हो भने, केवल जिमेल आईडीको नाम परिवर्तन गर्न सकिनेछ, डोमेन भने सधैं @gmail.com नै रहनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.