मंगलवार, श्रावण २६,२०८३ 02:30:34
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 02:30:34
Bizshala
Global IME Bank Limited

स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगातार पाँचौंपटक पायो त्रिपल ए रेटिङ

Prabhu Bank Limited
स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगातार पाँचौंपटक पायो त्रिपल ए रेटिङ
New Office

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लगातार पाँचौंपटक त्रिपल ए रेटिङ पा्रप्त गरेको छ । रेटिङ कम्पनीले इक्रा नेपालले बैंकलाई लगातार ५ वर्ष त्रिपल ए रेटिङ प्रदान गरेको हो । यो रेटिङ समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्चतम मानिन्छ । यसका साथै यो रेटिङ पाउने कम्पनीहरुमा सबैभन्दा न्यून कर्जा जोखिम हुन्छ ।  

इक्रा नेपालले रेटिङलाई पुनःपुष्टि गर्दै लेखेको छ,‘बैंकको पूँजीकरण बलियो देखिएको छ । क्यापिटल टु रिक्स वेटेड एसेट(सीआरएआर) न्यूनतम ११ र ८.५ प्रतिशत हुनुपर्नेमा मध्य जनवरीसम्म बैंकको सीआरएआर १६ र ८.५ प्रतिशत रहेको छ । यो अवधिमा बैंकको खराब कर्जा पनि १.६० प्रतिशत मात्रै छ । जुन समग्र वाणिज्य बैंकहरुको ३.६३ औसतदर भन्दा निकै कम हो । ’

त्यस्तै इक्राले बैंकको सन् १९८७ देखिको अनवरत सञ्चालन,कम बचत खर्च र कम कोष व्यवस्थापन खर्चलाई समेत मूल्यांकन गरेको छ ।  

लगातार ५ वर्षसम्म त्रिपल ए रेटिङ पाएपछि बैंकका सीईओ अर्निभन घोष भन्छन्,‘लगातार पाँचौंपटक त्रिपल ए रेटिङ पाउनुले ग्राहकवर्ग र सरोबारहरुप्रतिको हाम्रो प्रतिवद्धतालाई दर्शाएको छ । हामी यो सम्भव बनाउने सबैलाई धन्यबाद ज्ञापन गर्दछौं ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X