शनिबार, श्रावण २,२०८३ 04:07:14
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:07:14
Bizshala
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

लक्ष्मी सनराइज बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित
New Office

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको पच्चिसौं वार्षिक साधारण सभा पुस १५ गते काठमाण्डौमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्तापूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । 

साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आव २०८१/८२ मा रु ३७१ अर्ब निक्षेप रु २८७ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार रु ४४३ अर्ब रहेको छ । सो आवमा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.