काठमाण्डौ । हरेक अभिभावकको सपना हुन्छ, आफ्ना सन्तानको भविष्य उज्ज्वल र सुरक्षित होस्। तर जीवनको अनिश्चितताले कहिलेकाहीँ योजनाहरूमा बाधा पुर्याउँछ। शिक्षा, स्वास्थ्य र जीवनयापनका आकस्मिक खर्चले बालबालिकाको सपना अधुरो हुन नपरोस् भन्ने चिन्ता आजका आमाबुबाहरूको प्रमुख सरोकार बनेको छ।
यस्तो चुनौतीलाई मध्यनजर गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बालबालिकाको दीर्घकालीन भविष्य सुनिश्चित गर्ने विशेष योजना ‘सुनौलो बाल समृद्धि जीवन बीमा’ ल्याएको छ। यो योजना केवल योजनाबद्ध बचत मात्र होइन, अभिभावकको अनुपस्थितिमा पनि बालबालिकाको आर्थिक निरन्तरता कायम राख्ने गरी तयार पारिएको कम्पनीले जनाएको छ।

योजनाका मुख्य विशेषताहरू :
-बीमित बालबालिका र प्रस्तावक (आमाबुबा) दुवैको जोखिम कभर।
-प्रस्तावकको मृत्यु भएमा बीमालेख कायम रहने, बाँकी बीमाशुल्क कम्पनीले बेहोर्ने।
-बालबालिकालाई मासिक आय सुविधा प्रदान, जसले शिक्षा र जीवनयापनमा कुनै अवरोध नआओस्।
-बालबालिकाको भविष्यमा आर्थिक रूपले कुनै बाधा नपुग्ने ग्यारेन्टी।
यो योजनासँगै आकस्मिक स्वास्थ्य जोखिमबाट बच्न ‘सन मेडिकेयर’ लाई अतिरिक्त सुविधाको रूपमा जोड्न सकिन्छ। यो नेपालमै पहिलोपटक सुरु भएको यस्तो सुविधा हो, जसले :
-अस्पताल भर्ना हुँदा क्यासलेस (झन्झटबिना) सुविधा।
-अस्पताल बसाइको आधारमा रु. १ लाखसम्मको दाबी भुक्तानी।
-दुर्घटना, हृदयघात वा गम्भीर स्वास्थ्य समस्या भएमा तत्काल आर्थिक राहत।
कम्पनीका अनुसार, ‘सन मेडिकेयर’ ले छोटो अवधिको स्वास्थ्य जोखिमले दीर्घकालीन बालभविष्य योजनालाई प्रभावित हुन दिँदैन। यसले अभिभावकहरूलाई दीर्घकालीन सोच र तत्कालीन स्वास्थ्य सुरक्षाको पूर्ण संयोजन प्रदान गर्छ।
जीवन अनिश्चित छ, तर सही समयमा गरिएको योजना र सुरक्षा बालबालिकाको भविष्यलाई मजबुत बनाउन सक्छ। सन नेपाल लाइफ इन्स्योरेन्सले देशभरि आफ्ना शाखा तथा उपशाखाहरू मार्फत यो सुविधा उपलब्ध गराइरहेको छ।
थप जानकारीका लागि : कम्पनीको आधिकारिक मोबाइल नम्बर : ९८०१२३४४४४ मा फोन वा एसएमएस गर्नुहोस्। नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।
सन नेपाल लाइफ इन्स्योरेन्स-बालबालिकाको सुनौलो भविष्यको भरपर्दो साथी !

