बुधबार, आश्विन २१,२०८३ 07:37:53
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 07:37:53
Bizshala
Global IME Bank Limited

अर्थमन्त्री भन्छन्, ‘निजी क्षेत्रको संरक्षणमा सरकार प्रतिबद्ध छ’

Bizshala
अर्थमन्त्री भन्छन्, ‘निजी क्षेत्रको संरक्षणमा सरकार प्रतिबद्ध छ’
New Office

काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको विकास र संरक्षणमा सरकारले विशेष ध्यान दिन लागेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज राजधानीमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

खनालले भने, ‘निजी क्षेत्रको मनोबल कमजोर हुनुले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्छ। त्यसैले सरकार निजी क्षेत्रको संरक्षण र प्रोत्साहनमा जुट्नेछ।’ उनले निजी क्षेत्रको नाफाले नै देशलाई सेवा दिन मद्दत पुर्‍याउँने भएकाले सरकारले यसलाई प्रोत्साहित गर्ने र आवश्यक सहयोग गर्ने विश्वास समेत दिलाए ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साथै, भ्रष्टाचारविरुद्धको आवाज उठाउन निजी क्षेत्र, सरकारी निकाय र गैरसरकारी संस्थाले समान जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिए।

यस्तै अर्थमन्त्री खनालले निजी क्षेत्रको सम्पत्ति राष्ट्रको अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित भएको र त्यसैले यसको सुरक्षा सरकारको जिम्मेवारी भएको पनि औंल्याए।

मन्त्री खनालले देशको निजी क्षेत्रमा पर्याप्त तरलता भएको र अधिकांश रकम चालू खाता वा बचत खातामा राखिएको बताए । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.