सोमबार, फाल्गुन ४,२०८२ 10:14:35
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:14:35
Bizshala
Global IME Bank Limited

विद्यालयहरूमा डिजिटल साक्षरताको अभियानमा ‘डिजी स्कुल’

विद्यालयहरूमा डिजिटल साक्षरताको अभियानमा ‘डिजी स्कुल’
Shivam Cement

काठमाण्डौ । नेपालका विद्यालयहरुमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘डिजी स्कुल’ अभियान सुरु भएको छ । प्रविधिमा आधारित शिक्षालाई सहज, पहुँचयोग्य र व्यवहारिक बनाउने लक्ष्य सहित सञ्चालन गरिएको सो अभियानले विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउन थालेको डिजी ग्रुपले जनाएको छ ।

डिजी स्कुल अभियान अन्तर्गत विद्यालयहरूमा डिजिटल कक्षा सञ्चालन, स्मार्ट बोर्ड प्रयोग, अनलाइन शिक्षण सामग्री, शिक्षक तालिम तथा विद्यार्थीहरूका लागि डिजिटल सीप विकास कार्यक्रम सञ्चालन गरिदै आएको छ । यसले परम्परागत शिक्षण पद्धतिलाई प्रविधिसँग जोड्दै सिकाइ प्रक्रियालाई अझ रोचक र प्रभावकारी बनाएको डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘ डिजिटल साक्षरता आजको आवश्यकता मात्र नभई मुुलुुकको भविष्य निर्माणको आधार पनि हो,’ प्रविधिको सही प्रयोग मार्फत विद्यार्थीहरूलाई सूचना प्रविधिमा सक्षम, सिर्जनशील र प्रतिस्पर्धी बनाउने अभियानको मुख्य लक्ष्य रहेको श्रेष्ठले बताए । विशेषगरी ग्रामीण तथा पहुँच बाहिरका विद्यालयहरूमा डिजिटल शिक्षाको पहुँच विस्तारलाई प्राथमिकता दिइएको डिजी स्कुलले जनाएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

डिजी स्कुुल मार्फत शिक्षकहरूका लागि डिजिटल टुल्स, ई–लर्निङ प्लेटफर्म र आधुनिक शिक्षण विधिबारे तालिम प्रदान गरिनुका साथै विद्यार्थीहरूलाई सुरक्षित इन्टरनेट प्रयोग, र नवप्रवर्तनशील सोच विकासमा केन्द्रित कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

डिजी स्कुल अभियानले विद्यालय शिक्षालाई समय अनुकूल बनाउँदै २१औँ शताब्दीको सिकाइ संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । सो कार्यक्रमबाट २ सय ५० विद्यालयका विद्यार्थी लावान्धित भएका छन ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आगामी दिनमा अझ धेरै विद्यालयलाई डिजिटल सञ्जालमा जोड्दै ‘डिजिटल रूपमा सक्षम पुस्ता’ तयार गर्ने लक्ष्यसहित डिजी स्कुल अभियानलाई विस्तार गरिने बताइएको छ ।

यस अभियानले विद्यालय प्रशासनलाई पनि डिजिटल व्यवस्थापन प्रणालीमार्फत विद्यार्थी अभिलेख, उपस्थिति, शैक्षिक प्रगति र अभिभावकसँगको समन्वय सुदृढ बनाउन मद्दत पु¥याएको डिजी ग्रुपको भनाई छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.