शुक्रबार, जेष्ठ १,२०८३ 04:42:25
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 04:42:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विदेशी विनिमय सञ्चिति १९.६% ले वृद्धि, कति महिनाको आयात धान्न पर्याप्त ?

Laxmi Sunrise Bank Limited
विदेशी विनिमय सञ्चिति १९.६% ले वृद्धि, कति महिनाको आयात धान्न पर्याप्त ?
Shivam Cement

काठमाण्डौ । चालू आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा वृद्धि भएको छ। २०८२ असार मसान्तमा रु. २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले बढेर २०८२ मङ्सिर मसान्तमा रु. ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलरमा मापन गर्दा, विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेकोमा २०८२ मङ्सिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड डलर पुगेको छ।

Bizshala
New Office
CG Motors

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चिति २०८२ असार मसान्तमा रु. २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा १८.७ प्रतिशतले वृद्धि भई २०८२ मङ्सिर मसान्तमा रु। २८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति सोही अवधिमा २७.४ प्रतिशतले वृद्धि भई रु. २ खर्ब ६३ अर्ब ४ करोडबाट रु. ३ खर्ब ३५ अर्ब पुगेको छ।

२०८२ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

सञ्चिति पर्याप्तता 

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनासम्मको आयातलाई आधार मान्दा, बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात तथा १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ।

यसैगरी, २०८२ मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात ५२.४ प्रतिशत, कुल आयातसँगको अनुपात १५१.९ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३९।४ प्रतिशत पुगेको छ। २०८२ असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X