बिहीबार, बैशाख ३१,२०८३ 01:55:35
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 01:55:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’

Laxmi Sunrise Bank Limited
एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’
Shivam Cement

काठमाण्डौ । एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरूलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धता बमोजिम ल्याइएको यो प्याकले युवा वर्गलाई मोबाइल कनेक्टिभिटीमार्फत सधैं जोडिराख्ने उद्देश्य राखेको छ ।

सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुरा गरी यो सिम अर्थात प्याक लिएर यसको फाइदा लिन सक्छन् । पुस २६ गतेबाट संचालनमा आएको यो प्याकको मूल्य करसहित मात्र रु. २९९ मूल्य तोकिएको छ । यस प्याकमा अनलिमिटेड अन नेट (एनसेल–टु–एनसेल) कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा निःशुल्क पहुँच उपलब्ध रहेका छन् । यी सबै सेवा सुविधाहरु २८ दिनका लागि मान्य रहन्छन् ।

Bizshala
New Office
CG Motors

यसका साथै, ग्राहकहरूले अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा विशेष छुट प्राप्त गर्छन् जस अन्तर्गत प्रति मिनेट मात्र रु. १ मा कल गर्न सकिन्छ । त्यसैगरी, २८ दिनको अवधिभित्र तोकिएको ५ जीबी डेटा प्रयोग भइसकेपछि पनि, ग्राहकहरूले पे–एज–यू–गो डेटा सेवा प्रति एमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्छन् ।

‘युवालाई लक्षित गरी विशेष रूपमा तयार गरिएको ‘युवा सिम’ सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । आकर्षक सेवा सुविधा बन्डल रहेको यो प्याकले युवालाई सधैं कनेक्टेड रहन सहयोग पुर्याउँदै विभिन्न अवसर र डिजिटल भविष्यसँग जोड्छ । यसले उनीहरुको डिजिटल जीवनशैलीलाई सहज बनाउने र शिक्षामा समेत सहयोग पु¥याउने विश्वास लिएका छौं,” एनसेलका चीफ कन्सुमर बिजनेश अफिसर उपाङ्ग दत्तले भने ।

युवा सिममा अर्को एक विशेषता पनि रहेको छ ।  यसमा एनसेलले सामाजिक सञ्जालमाथिको पहुँचलाई लक्षित गर्दै २४ घण्टासम्म मान्य १ जीबी डेटा मात्र रु. १९ प्रदान पनि गर्दछ जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिन्छ । यसले युवाहरुलाई सामाजिक सञ्जालको वृत्तमा सधैं अपडेटेड रहन सहयोग पुर्याउँछ ।

Garima Development Bank
Shivam Cement
IME remit

युवा सिम लिन प्रयोगकर्ताहरूले नजिकको एनसेल सेन्टरमा गई आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्सका साथै विद्यार्थी परिचयपत्र पेश गर्न पर्दछ । आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्स नभएको खण्डमा अभिभावकको परिचय खुल्ने सरकारले जारी गरेको परिचयपत्र र आफ्नो विद्यार्थी परिचयपत्र बुझाएर यो सिम लिन सकिन्छ ।

यो प्याकले युवाहरुलाई उनीहरुले बढी प्रयोग गर्ने सेवाहरूमा सुलभ दरमा कनेक्टिभिटी सुनिश्चित गर्दछ । हरेक २८ दिनपछि सेवा र सुविधाहरू निरन्तर प्रयोग गर्नका लागि ग्राहकहरूले २८ दिनको समयसीमा समाप्त हुनु अघि नै उही शुल्कमा प्याक पुनः खरिद गर्न आवश्यक छ । यो प्याक एनसेल एपमार्फत वा एष्ट्रिक्स१२३ह्यास डायल गरेर खरिद गर्न सकिन्छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.