काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा पुस २८ गते सोमबार चितवनको सौराहामा सम्पन्न भएको हो ।
साधारण सभाले आव २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरी आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सँगै सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस सेयर पश्चात यस संस्थाको चुक्तापूँजी रु.२ अर्ब ५ करोड ५१ लाख १४ हजार पुगेको छ ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २४ औं वार्षिक साधारण सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्षले स्पष्ट पारेका थिए ।
साथै, सभामा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चालन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए ।
संस्थापकतर्फ बाँकी अवधिको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रदिप कुमार पाठक र सर्वसाधारण तर्फ ३ जना सञ्चालकहरु क्रमशः शिवप्रसाद भट्टराई, आयुषी सापकोटा र पुष्करनाथ भण्डारी निर्विरोध निर्वाचित भएका थिए ।

