काठमाण्डौ । बैंकिङ क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा प्रधान राजभण्डारी एनआईसी एशिया बैंककको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छन् । नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकी छन् ।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी राजभण्डारीले तत्कालिन बैंक अफ काठमाण्डौमा विभिन्न विभागको नेतृत्व सम्हालेकी थिइन् । बैंकको सञ्चालक पदमा नियुक्त भएकोमा अनुपा प्रधान राजभण्डारीलाई बैंकले सफल कार्यकालको कामना व्यक्त गरेको छ ।

