आईतवार, कार्तिक ८,२०८३ 11:18:41
  • आईतवार, कार्तिक ८,२०८३ 11:18:41
Global IME Bank Limited

माघे संक्रान्तिको अवसरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–८३’ सुरू

Bizshala
माघे संक्रान्तिको अवसरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–८३’ सुरू
New Office

काठमाण्डौ । आज माघ १ गतेबाट काठमाण्डौको बानेश्वरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–०८३’ सुरू भएको छ।

डिग फर नेपाल र वल्ड मार्ट युनिक सलुसन्सले संयुक्त रूपमा आयोजना गरेको यो मेला चौँथो जैविक विविधता दिवसको अवसरमा हरेक शनिवार र विशेष पर्व/अवसरमा ५२ हप्तासम्म सञ्चालन हुने बताइएको छ।

आजको माघे संक्रान्ति विशेष कार्यक्रमअन्तर्गत मौलिक परिकार तथा फुड फेस्टिभल, परिकार प्रदर्शनी, लाइभ कुकिङ, मौलिक भान्साघरद्वारा फुड फेस्टिभल र स्थानीय तथा रैथाने खानाको प्रवर्धन गरिएको छ। प्रमुख परिकारमा चाकु, तिल, तरुल, खिचडी, सेलरोटी, घ्यू–मह लगायत परम्परागत स्वाद समावेश छन्।

मेलाको माघ विशेष ५ दिने कार्यक्रम पनि आजदेखि सुरू भएको छ। तयारी चरण माघ ३ गते हुने छ, जसमा सहभागी पालिकाका प्रतिनिधिहरूलाई अभिमुखीकरण गरी मेला उद्देश्य, कार्यविधि, स्टल व्यवस्थापन, ब्रान्डिङ र बिक्री रणनीति साझा गरिने जनाइएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

माघ १० गते स्टल र पवेलियनको संरचना स्थापना र प्रचार–प्रसार सामग्री जडान सुरू हुनेछ भने माघ १७ गते सातै प्रदेशबाट ३० पालिकाको सहभागितामा स्थानीय तथा मौलिक उत्पादनको प्रदर्शनी र मौलिक परिकारको स्वाद अनुभव गराइने जनाइएको छ। माघ २४ गते मेलाको औपचारिक उद्घाटन समारोह आयोजना हुँदै प्रमुख अतिथि, विशिष्ट व्यक्तिहरू, मिडिया र सरोकारवालासहित ५२ हप्ते मेला औपचारिक रूपमा घोषणा गरिनेछ।

आयोजकका अनुसार मेलाले ग्रामीण नेपालको स्वादलाई शहरी घरधुरीसम्म पुर्याउने दीर्घकालीन प्रयासको रूपमा काम गर्नेछ। दुर्गम क्षेत्रका साना किसानबाट सङ्कलित कच्चा पदार्थलाई पोषणयुक्त, स्वच्छ र न्यून प्रशोधन गरिएका खाद्य सामग्रीको रूपमा उपभोक्तासम्म पुर्‍याइने छ। यसले किसानलाई उचित मूल्य सुनिश्चित गर्नुका साथै स्थानीय प्रशोधन, प्याकेजिङ र रोजगारी सिर्जनामा समेत योगदान पुर्याउने विश्वास लिइएको छ।

Garima Development Bank
Bizshala
IME remit

सातै प्रदेशका स्थानीय शेफद्वारा तयार गरिएका परिकार, स्थानीय कृषि तथा गैर–कृषि उत्पादनको प्रदर्शनी र प्रत्यक्ष बिक्री, पोषण र जैविक विविधतासम्बन्धी जनचेतना कार्यक्रम, उत्पादक र लगानीकर्ताबिच व्यवसायिक सञ्जाल, परम्परागत संगीत र सांस्कृतिक पोशाकको प्रस्तुति मेलाको मुख्य आकर्षण हुनेछन्।

आयोजकका अनुसार मेलाले सातै प्रदेशका रैथाने उत्पादनको बिक्री र पहिचान बढाउने, महिला उद्यमी र साना किसानको आम्दानी वृद्धि गर्ने, मौलिक खानपान र सांस्कृतिक सम्पदा संरक्षण गर्ने र स्थानीय आर्थिक चक्रलाई सक्रिय बनाउने लक्ष्य राखेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.