मंगलवार, असार ९,२०८३ 06:47:46
Bizshala
  • मंगलवार, असार ९,२०८३ 06:47:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामाजिक सुरक्षा कोषमा एक वर्षमै विशेष सापटी सुविधा

Laxmi Sunrise Bank Limited
सामाजिक सुरक्षा कोषमा एक वर्षमै विशेष सापटी सुविधा

काठमाण्डौ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित विशेष सापटीसम्बन्धी नीतिमा महत्वपूर्ण सुधार गरेको छ। कोषले योगदानकर्ता सापटी निर्देशिकाको पहिलो संशोधनमार्फत नियमित एक वर्ष योगदान गरेपछि नै विशेष सापटी लिन सकिने व्यवस्था लागू गरेको छ।

नयाँ व्यवस्थाअनुसार योगदानकर्ताले न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम आफ्नो अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन सक्नेछन्। कोषले विशेष सापटीको ब्याजदर ५.२ प्रतिशत कायम गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

यसअघि यस्तो सापटी लिन ३६ महिना (तीन वर्ष) नियमित योगदान अनिवार्य थियो। लामो समय कुर्नुपर्ने बाध्यताका कारण धेरै योगदानकर्ताले सापटी सुविधा उपयोग गर्न नसकेको भन्दै कोषमा गुनासो बढ्दै गएपछि समयावधि घटाइएको कोषको भनाइ छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ संशोधनले अन्य सापटी योजनामा पनि सहजता थपेको छ। नयाँ संशोधनले विशेष सापटी १२ महिना (एक वर्ष), घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी १८ महिना (डेढ वर्ष) नियमित योगदान गरेपछि लिन सकिने व्यवस्था गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.