मंगलवार, आश्विन २७,२०८३ 01:18:42
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 01:18:42
Bizshala
Global IME Bank Limited

ट्रिप टर्बोद्वारा नबिल बैंकसँग साझेदारी गर्दै एनबैंक एपमार्फत यात्रा बुकिङ सुविधा सुरु

Bizshala
ट्रिप टर्बोद्वारा नबिल बैंकसँग साझेदारी गर्दै एनबैंक एपमार्फत यात्रा बुकिङ सुविधा सुरु
New Office

काठमाण्डौ । ट्रिप टर्बोले नबिल बैंक लिमिटेडसँग साझेदारी गर्दै आफ्नो यात्रा सेवा ‘एनबैंक’ मोबाइल एपमार्फत उपलब्ध गराउन सुरु गरेको छ। यो साझेदारीको सम्झौता नबिल बैंकका उपमहानिर्देशक आदर्श बाजगाईन र ट्रिप टर्बोका ग्रोथ तथा मार्केटिङ लिड बिमलराज पौडेलले औपचारिक रूपमा सम्पन्न गरेका हुन्।

यस साझेदारीअनुसार, नबिल बैंकका ग्राहकहरूले अब एनबैंक एपमार्फतै बस टिकट, घरेलु तथा अन्तर्राष्ट्रिय उडान, र विभिन्न यात्रा गतिविधिहरू बुक गर्न सक्नेछन्। यसले बैंकिङ र यात्रा सेवालाई एउटै डिजिटल प्लेटफर्ममा संयोजन गरी प्रयोगकर्ताका लागि सहज अनुभव प्रदान गर्नेछ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

ग्राहकहरूले एनबैंक एपमा Home > More > Marketplace मार्फत ट्रिप टर्बो पहुँच गर्न सक्नेछन्। ट्रिप टर्बो चयन गरेपछि, उनीहरू ट्रिप टर्बोको बुकिङ प्लेटफर्ममा पुग्नेछन्, जहाँ सजिलै यात्रा खोज्न, छनोट गर्न र बुकिङ गर्न सकिन्छ, साथै लद्यबलप मार्फत सुरक्षित भुक्तानी पनि गर्न सकिनेछ।

ट्रिप टर्बोका संस्थापक, शिकर प्रसाईले भने, ‘ट्रिप टर्बोमा हाम्रो उद्देश्य प्रविधिमार्फत यात्रा सरल बनाउनु हो। नबिल बैंकसँगको साझेदारीले ग्राहकहरूलाई लद्यबलप एपभित्रै सजिलो र सुरक्षित तरिकाले यात्रा योजना बनाउने सुविधा प्रदान गर्नेछ।’

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

नबिल बैंकका उपमहानिर्देशक आदर्श बाजगाईनले भने, ‘हामी एनबैंक एपको मार्केटप्लेसमा अर्को साझेदार थप्न पाउँदा खुशी छौं। यो साझेदारीले हाम्रो ग्राहकहरूले एपमार्फतै आफ्ना यात्रा योजना गर्न र भुक्तानी गर्न अझ सहज बनाउनेछ।’

यस सेवा अब सबै एनबैंक प्रयोगकर्ताहरूका लागि सक्रिय भएको छ, जसले ट्रिप टर्बोका सम्पूर्ण यात्रा सेवाहरू सजिलै पत्ता लगाएर बुकिङ गर्न सक्नेछन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X