बुधबार, फाल्गुन २०,२०८२ 01:38:38
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 01:38:38
Bizshala
Global IME Bank Limited

कंग्रेस विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

Hyundai Nepal
कंग्रेस विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश नदिने निर्णय गरेसँगै गगन थापा नेतृत्वको कांग्रेसलाई संगठनात्मक गतिविधि अघि बढाउन कानुनी अवरोध हटेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

पूर्व सभापति शेरबहादुर देउवासहित दुई जनाको तर्फबाट निर्वाचन आयोगलाई समेत विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । देउवा पक्षले गगन थापा–विश्वप्रकाश शर्मा समूहले आयोजना गरेको विशेष महाधिवेशनलाई अवैधानिक दाबी गर्दै अदालतको शरण लिएको थियो ।

यसअघि विशेष महाधिवेशनमार्फत गगन थापा सभापतिमा निर्वाचित भएपछि देउवा पक्षले निर्वाचन आयोगमा उजुरी दिएको थियो । तर आयोगले थापा नेतृत्वको कार्यसमितिलाई नै वैधानिकता प्रदान गरेको थियो । सो निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च पुगेको हो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएसँगै गगन थापा नेतृत्वको समितिले पार्टीका नियमित गतिविधि सञ्चालन गर्दै आएको छ । सोहीअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको टिकटमा सभापति थापाले हस्ताक्षर गरी वितरण गरिसकेका छन्।

पार्टीबाट सिफारिस प्राप्त उम्मेदवारहरूले सोही आधारमा उम्मेदवारी दर्ता गरिसकेका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.