मंगलवार, श्रावण २६,२०८३ 05:24:20
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 05:24:20
Bizshala
Global IME Bank Limited

पेट्रोलको मूल्य लिटरमै रु. ४ ले बढ्यो, आईओसीबाट घटेर आउँदा पनि ग्यासको मूल्य किन यथावत ?

Prabhu Bank Limited
पेट्रोलको मूल्य लिटरमै रु. ४ ले बढ्यो, आईओसीबाट घटेर आउँदा पनि ग्यासको मूल्य किन यथावत ?
New Office

काठमाण्डौ । नेपाल आयल निगमले सर्वसाधारणको ढाड सेकिने गरी पेट्रोलको मूल्य बढाएको छ ।  

आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटरमै ४ रुपैयाँको दरले वृद्धि गरिएको हो ।  

पछिल्लो मूल्य बढोत्तरीपछि काठमाडौं उपत्यका, पोखरा र दिपायलमा पेट्रोल मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ । 

यस्तै, सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा १७२ रुपैयाँ ५० पैसा पुगेको छ । 

निगमले पेट्रोलको मूल्य बढाए पनि डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ ।  

निगमले जारी गरेको एक विज्ञप्तिका अनुसार इण्डियन आयल कर्पोरेसन(आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेर तथा डिजेल र मट्टितेलमा ३९ पैसा घटेर आएको छ ।  

यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिण्डरमा २७ रुपैयाँ ४४ पैसाले घटेर आएको छ । तर मूल्य घटेर आउँदा समेत प्रति सिलिण्डरमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेकोले मूल्य समायोजन नगरिएको दाबी गरिएको छ ।  

मूल्य समायोजनको विषयमा निगमले जारी गरेको विज्ञप्ति:

निगमले आईतबार साँझ जारी गरेको विज्ञप्ति ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X