मंगलवार, फाल्गुन ५,२०८२ 04:34:10
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 04:34:10
Bizshala
Global IME Bank Limited

बजारमा नगद परिचालन १.३३% ले बढ्यो, सरकारी कोष पनि वृद्धि

बजारमा नगद परिचालन १.३३% ले बढ्यो, सरकारी कोष पनि वृद्धि
Shivam Cement

काठमाण्डौ । बजारमा नगद परिचालन १.३३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस महिनाको मासिक विवरणअनुसार पुस महिनासम्ममा बजारमा ७ खर्ब ६० अर्ब १० करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । गत असार महिनासम्ममा भने बजारमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।  

पुस महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । जुन असार महिनाको तुलनामा ४६.६७ प्रतिशतले बढी हो । गत असार महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३ खर्ब ८८ अर्ब रुपैयाँ थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै राष्ट्र बैंकमा सरकारको निक्षेप पनि बढेको छ । गत असार महिनासम्म ७० अर्ब ८३ अर्ब रुपैयाँ सरकारी निक्षेप रहेकोमा पुससम्म बढेर ३ खर्ब ४ अर्ब पुगेको छ ।  

पुस महिनासम्म राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ६८ करोड रुपैयाँबराबरको विदेशी मुद्रा निक्षेप गरेका छन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यो अवधिमा राष्ट्र बैंकको कुल स्वेदेशी मुद्रा सम्पत्ति १ खर्ब ७ अर्ब रुपैयाँबराबर र कुल स्वदेशी दायित्व २३ खर्ब ८ अर्ब रुपैयाँबराबर रहेको छ ।  

यस्तै कुल विदेशी मुद्रा सम्पत्ति ३१ खर्ब २२ अर्ब र कुल विदेशी मुद्रा दायित्व ५२ अर्ब ६८ करोड रुपैयाँबराबर रहेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.