बिहीबार, आश्विन २२,२०८३ 01:51:33
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 01:51:33
Bizshala
Global IME Bank Limited

अब हातमा छाता समात्नु नपर्ने, बन्यो हावामा उडेर पछ्याउने ‘स्मार्ट फ्लाइङ अम्ब्रेला’

Bizshala
अब हातमा छाता समात्नु नपर्ने, बन्यो हावामा उडेर पछ्याउने ‘स्मार्ट फ्लाइङ अम्ब्रेला’
New Office

काठमाण्डौ । तपाईंले चालकविहीन रूपमा चल्ने स्वचालित सवारी साधनको बारेमा अवश्य सुन्नु भएको होला। तर अब यो प्रविधि केवल कारसम्म सीमित छैन। हालै एक यस्तो छाता विकसित गरिएको छ, जो कुनै पनि मानवीय सहयोग बिना आफैं उड्न सक्छ। हो, यो सुन्दा अचम्म लाग्न सक्छ, तर यो पूर्ण रूपमा सत्य हो।

आई बिल्ड स्टफ नामक युट्युब च्यानल सञ्चालन गर्ने एक युट्युबर–आविष्कारकले यस्तो अनौठो छाता निर्माण गरेका छन्, जुन हातले समात्नुपर्ने आवश्यकता बिना मानिसको टाउकोमाथि हावामा उडिरहन्छ र प्रयोगकर्ता जहाँ–जहाँ जान्छ, त्यहीँ स्वतः पछ्याउँछ। यसलाई ‘फ्लाइङ अम्ब्रेला २.०’ नाम दिइएको छ। आविष्कारकले यस छाताको भिडियो आफ्नै युट्युब च्यानलमा पनि सार्वजनिक गरेका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आउनुहोस्, यस अभिनव छाताको निर्माण यात्रा र यसको विशेषताहरूको बारेमा जानौं।

३६५ दिनको निरन्तर मेहनत

यस परियोजनालाई पूरा गर्न आविष्कारकलाई करिब एक वर्ष (३६५ दिन) समय लाग्यो। यसको उद्देश्य एकदम स्पष्ट थियो—मानिसले हातले समात्न नपर्ने र आफैं प्रयोगकर्ताको टाउकोमाथि रहिरहने छाता बनाउने।

यसअघि फ्लाइङ अम्ब्रेला १.० नामक पहिलो संस्करण तयार गरिएको थियो, तर त्यसमा बारम्बार म्यानुअल नियन्त्रण गर्नुपर्ने भएकाले त्यो सफल हुन सकेन। त्यसपछि आविष्कारकले पूर्ण रूपमा स्वचालित संस्करण २.० मा काम सुरु गरे।

यो छाता कसरी काम गर्छ ?

–थ्रिडी म्यापिङ क्यामेरा

छाताको तल्लो भागमा डेप्थ सेन्सिङ क्यामेरा जडान गरिएको छ। यस क्यामेराले प्रकाशको प्रयोग गरेर वरपरको वातावरणको थ्रिडी नक्सा तयार गर्छ र मानिसको स्थान पहिचान गर्छ।

–सानो कम्प्युटर

छाताभित्र रस्पेरी एआई नामक सानो कम्प्युटर राखिएको छ, जसले क्यामेराबाट प्राप्त सूचनालाई तुरुन्त विश्लेषण गर्छ र ड्रोनका प्रोपेलरहरूलाई कुन दिशामा घुम्ने भन्ने निर्देशन दिन्छ, ताकि छाता सधैं प्रयोगकर्ताको ठीक माथि रहोस्।

–मजबुत र पोर्टेबल संरचना

यो छाता कार्बन फाइबर बाट बनाइएको छ, जसले यसलाई हल्का र बलियो बनाएको छ। यसको ड्रोन आर्महरू मोड्न मिल्ने छन्, जसले गर्दा यसलाई सजिलै सानो ब्यागमा राख्न सकिन्छ। प्रयोगका बेला यी आर्महरू खुल्छन् र सुरक्षित रूपमा लक हुन्छन्।

निर्माण क्रममा आएका चुनौतीहरू

यो परियोजना सजिलो थिएन। सुरुमा आविष्कारकले जीपीएस प्रविधि प्रयोग गर्ने प्रयास गरे, तर नजिकको दूरीमा जीपीएस पर्याप्त सटीक नभएकाले त्यो असफल भयो। त्यसपछि क्यामेरा(आधारित सेन्सर प्रविधि अपनाइयो।

यो प्रविधि यति सटीक छ कि प्रयोगकर्ताले एक कदम चाल्ने बित्तिकै छाताले तुरुन्तै स्थान पहिचान गरेर टाउकोमाथि आफूलाई स्थिर राख्छ।

उपकरण बिग्रिए, तर हिम्मत हारिएन

निर्माण प्रक्रियामा धेरै कठिनाइहरू आए। कैयौँ पटक कम्प्युटर बिग्रिए, क्यामेराका कनेक्सन छुट्टिए र सन्तुलन मिलाउन निकै समस्या भयो। यद्यपि, आविष्कारकले ह्यान्सन नामक साथीको सहयोगमा कोडिङसम्बन्धी त्रुटिहरू समाधान गरे र अन्ततः छातालाई सफलतापूर्वक उडाउन सके।

हाल यो केवल एक प्रोटोटाइप भए पनि, यसले भविष्यका स्मार्ट ग्याजेटहरू कति उन्नत र स्वचालित हुन सक्छन् भन्ने स्पष्ट संकेत दिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.