सोमबार, श्रावण ११,२०८३ 07:54:27
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 07:54:27
Bizshala
Global IME Bank Limited

सरकारले गर्यो यी ९ कम्पनीलाई कालो सूचीमा राख्ने तयारी

सरकारले गर्यो यी ९ कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
New Office

काठमाण्डौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मेवारी समयमै पूरा नगर्ने नौवटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।

कार्यालयले विभिन्न निकायबाट प्राप्त विवरणको आधारमा ती कम्पनीहरूलाई लिखित स्पष्टीकरण पेश गर्न सूचना प्रकाशित भएको मितिबाट सात दिनभित्र निर्देशन दिएको छ। यस प्रक्रियाले कम्पनीहरूले आफ्नो पक्ष प्रस्तुत गर्ने अवसर सुनिश्चित गर्छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१(४÷क) अनुसार, समयमै काम पूरा नगर्ने कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रावधान अनुरुप ती कम्पनीलाई कालो सूचीमा राख्न लागिएको कार्यालयले जनाएकोृ छ ।

लिखित स्पष्टीकरण पेश गर्न समयसीमा दिइएका कम्पनीहरुमा ओम गणेश निर्माण सेवा, न्यू रोहित ट्रेडर्स एण्ड अर्डर सप्लासर्य, डाइमेन्सनल कन्स्ट्रक्सन प्रालि,जिमी मेटल क्राफ्ट इण्डिस्ट्रिज,सुरज कन्स्ट्रक्सन, अर्भान कन्स्ट्रक्सन, ब्रोदर्श कन्स्ट्रक्सन र सूर्यदिप छापाखाना रहेका छन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.