Bizshala
  • मंगलवार, माघ २७,२०८२ 11:00:56
Bizshala
Global IME Bank Limited
Bizshala

सुरक्षित इन्टरनेट दिवस २०८२ः एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ अभियान सुरु

सुरक्षित इन्टरनेट दिवस २०८२ः एनसेल फाउन्डेसनद्वारा ‘सेफर इन्टरनेट टुगेदर’ अभियान सुरु
Shivam Cement

काठमाण्डौ । सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआईटी)’ अभियान सुरु गरेका छन्। विद्यालय तहका विद्यार्थीलाई लक्षित गर्दै सुरु गरिएको यस अभियानमार्फत साइबर सुरक्षा, डेटा गोपनीयता र डिजिटल सुरक्षाबारे सचेतना फैलाउने उद्देश्य राखिएको छ।

Bizshala
Garima Development Bank
New Office

नमुना परियोजनाका रूपमा सुरु गरिएको एसआईटी कार्यक्रम बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूमा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीहरूका लागि सञ्चालन हुनेछ। यस क्रममा साइबर सचेतना सत्र र इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तिका वितरण गरिनेछ। कार्यक्रमबाट ५० हजारभन्दा बढी विद्यार्थी, शिक्षक र समुदाय सदस्य लाभान्वित हुने अपेक्षा गरिएको छ।

Ncell CEO

कार्यक्रमको औपचारिक घोषणा पोखरास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित सत्रमार्फत गरिएको हो। कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले डिजिटल सुरक्षा र कृत्रिम बौद्धिकताको जिम्मेवार प्रयोगबारे विद्यार्थीहरूलाई जानकारी गराए।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

नासा सेक्युरिटीजका प्रबन्ध निर्देशक मदन पौड्यालले डिजिटल साक्षरता र साइबर जागरण आजको समयमा अत्यावश्यक भएको उल्लेख गर्दै यस सहकार्यले युवालाई सुरक्षित डिजिटल व्यवहारतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे।

हालसम्म कास्की, ललितपुर र भक्तपुरका ९ विद्यालयमा एसआईटी सत्र सम्पन्न भइसकेका छन्, जसबाट ७ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन्। कार्यक्रम कार्यान्वयन साझेदारका रूपमा एस्टेरिस्क टेक्नोलोजीले सहकार्य गरेको छ। पहिलो चरण सफल भएपछि अभियानलाई आगामी आर्थिक वर्षमा अन्य प्रदेशमा विस्तार गर्ने योजना छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.