मंगलवार, फाल्गुन १९,२०८२ 07:08:32
Bizshala
  • मंगलवार, फाल्गुन १९,२०८२ 07:08:32
Bizshala
Global IME Bank Limited

सजिलो र सस्तो घर कर्जा चाहियो? राष्ट्रिय वाणिज्य बैंकको ‘मेरो घर कर्जा’ आकर्षक विकल्प

Hyundai Nepal
सजिलो र सस्तो घर कर्जा चाहियो? राष्ट्रिय वाणिज्य बैंकको ‘मेरो घर कर्जा’ आकर्षक विकल्प
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय बैंकहरूले घर कर्जाको ब्याजदर घटाएसँगै घर किन्न वा निर्माण गर्न चाहने सर्वसाधारणलाई राहत मिलेको छ। केही बैंकहरूले १० प्रतिशतभन्दा कम ब्याजदरमै कर्जा दिन थालेपछि सुस्त बनेको घरजग्गा कारोबारमा पुनः चहलपहल देखिन थालेको छ। विज्ञहरूका अनुसार सुलभ ब्याजदरले आवास क्षेत्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

यसैक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘मेरो घर कर्जा’ योजना सार्वजनिक गरेको छ। नियमित वा पारिवारिक आय भएका नेपाली नागरिकलाई लक्षित गरी ल्याइएको यो योजनाअन्तर्गत १८ वर्ष उमेर पुगेका नागरिकले कर्जा लिन सक्नेछन्। कर्जाको भुक्तानी अवधि समाप्त हुँदा उमेर ७० वर्ष ननाघ्ने हुनुपर्ने व्यवस्था छ। ७० वर्ष नाघ्ने अवस्था भएमा एकाघरका सदस्यलाई सह–आवेदक बनाएर कर्जा लिन सकिने बैंकले जनाएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो योजनाअन्तर्गत घर, अपार्टमेन्ट वा आवासीय तथा व्यावसायिक प्रयोजनका लागि घर खरिद, निर्माण, मर्मत, विस्तार, पुनर्निर्माण र सजावटसम्मका लागि कर्जा उपलब्ध हुनेछ। साथै, अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको घर कर्जाको बाँकी साँवा ‘पर्चेज’ वा ‘स्वाप’ गरी ल्याउन पनि सुविधा दिइनेछ, तर भुक्तानी अवधि पुरानै अवधिभन्दा बढी हुन नहुने बैंकले स्पष्ट पारेको छ।

घडेरी खरिदका लागि समेत कर्जा उपलब्ध हुनेछ। तर खरिद गरेको जग्गामा तीन वर्षभित्र घर निर्माण गर्ने प्रतिबद्धता लिनुपर्नेछ। तोकिएको समयभित्र निर्माण सुरु नभएमा कर्जा व्यक्तिगत आवधिक कर्जामा परिणत हुन सक्ने व्यवस्था छ, जसका लागि राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्नेछ।

बैंकले न्यूनतम ४ लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा दिनेछ। अधिकतम भुक्तानी अवधि २० वर्षसम्म हुनेछ। मासिक वा त्रैमासिक किस्तामा भुक्तानी गर्न सकिनेछ। नयाँ घर निर्माणका लागि एक वर्षसम्म ग्रेस अवधि दिइनेछ, आवश्यकता अनुसार थप ६ महिना बढाउन सकिनेछ। घर खरिदका लागि भने अधिकतम ३ महिना ग्रेस अवधि हुनेछ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कर्जा लिँदा घर तथा सम्पत्तिको पूर्ण बीमा अनिवार्य हुनेछ। बैंकको सूचीकृत मूल्याङ्कनकर्ताबाट गरिएको मूल्याङ्कनअनुसार घर निर्माणमा लागतको ८० प्रतिशतसम्म (निर्धारित मार्जिनभित्र) कर्जा लगानी गर्न सकिनेछ। घर वा अपार्टमेन्ट खरिदमा मूल्याङ्कनको अधिकतम ६० प्रतिशतसम्म कर्जा पाइनेछ।

कर्जा लिनका लागि आवेदक स्वयं घरजग्गाको धनी हुनुपर्ने, कम्तीमा १० फिट मोटर बाटो पुगेको सम्पत्ति हुनुपर्ने तथा मासिक आयबाट किस्ता तिर्न सक्ने पर्याप्त आर्थिक क्षमता हुनुपर्ने बैंकले जनाएको छ।

सस्तो ब्याजदर, लचिलो भुक्तानी अवधि र स्पष्ट मापदण्डसहित ल्याइएको ‘मेरो घर कर्जा’ योजना अहिले घर बनाउने वा किन्ने योजनामा रहेका ग्राहकका लागि आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.