शुक्रबार, फाल्गुन ८,२०८२ 10:21:38
Bizshala
  • शुक्रबार, फाल्गुन ८,२०८२ 10:21:38
Bizshala
Global IME Bank Limited

नेपाली कांग्रेसद्वारा कर प्रणालीमा सुधारको घोषणाः १० लाखसम्म आयकर छुट, अधिकतम दर २५% मा सीमित गर्ने

नेपाली कांग्रेसद्वारा कर प्रणालीमा सुधारको घोषणाः १० लाखसम्म आयकर छुट, अधिकतम दर २५% मा सीमित गर्ने
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञा पत्रमार्फत कर प्रणालीमा व्यापक सुधार गर्ने घोषणा गरेको छ। पार्टीले सर्वसाधारणलाई करको भारबाट राहत दिने तथा उत्पादन र निर्यातमुखी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित नयाँ कर नीति अघि सारेको जनाएको छ।

प्रतिज्ञा पत्रअनुसार व्यक्तिगत आयमा वार्षिक १० लाख रुपैयाँसम्म आयकर लगाइने छैन। त्यसभन्दा माथिको आयमा प्रगतिशील कर प्रणाली लागू गरिने र व्यक्तिगत आयकरको अधिकतम दर २५ प्रतिशतभन्दा नबढाइने उल्लेख गरिएको छ। साथै, वार्षिक १ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने व्यक्तिहरूका लागि मात्र अतिरिक्त शुल्क लगाइने नीति लिइने जनाइएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

संस्थागततर्फ, आयकर दर क्रमशः घटाउँदै २० प्रतिशतमा झार्ने घोषणा गरिएको छ। वस्तु तथा सेवा निर्यातमा १० प्रतिशत, सूचना प्रविधि (आईटी) निर्यात व्यवसायमा ५ प्रतिशत तथा उत्पादनमुखी उद्योगहरूमा १५ प्रतिशत आयकर कायम गरिने प्रतिबद्धता जनाइएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, विभिन्न नाममा लगाइएका स–साना करहरूलाई मूल्य अभिवृद्धि कर(भ्याट)मा समाहित गरी दायरा विस्तार गर्ने बताइएको छ। भ्याटको दायरा विस्तार गर्दै यसको एकल दर क्रमशः १० प्रतिशतमा झार्ने योजना पनि प्रस्तुत गरिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.