मंगलवार, असार १६,२०८३ 08:18:22
Bizshala
  • मंगलवार, असार १६,२०८३ 08:18:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वभर लग्जरी घडी चोरीको घटना बढ्दै, एकै वर्षमा १० हजार बढी लुटिए

Laxmi Sunrise Bank Limited
विश्वभर लग्जरी घडी चोरीको घटना बढ्दै, एकै वर्षमा १० हजार बढी लुटिए

काठमाण्डौ । आजभोलि लग्जरी घडीहरू केवल समय हेर्ने वा धन देखाउने साधनका रुपमा मात्र सीमित छैनन् । वर्तमान समयमा मोटो दाम पर्ने लक्जरी घडीहरु लगानीको साधन समेत बनिरहेका छन्। यही कारणले गर्दा यी घडीहरू अपराधीहरूको निशानामा पर्न थालेका छन्।

अन्तर्राष्ट्रिय वाच ट्र्याकिङ प्लेटफर्म ‘द वाच रजिष्टर’को रिपोर्ट अनुसार, २०२५ मा विश्वभर १० हजारभन्दा बढी महँगा घडीहरू चोरी वा हराएका छन्। अर्थात्, औसतमा हरेक घण्टा एक लग्जरी घडी हराइरहेको छ।

वैश्विक लग्जरी वाच मार्केटको मूल्य हाल ६.७५ लाख करोड रुपैयाँसम्म पुगेको छ। विगत एक दशकमा १.१३ लाखभन्दा बढी घडी चोरी वा लुटिएका घटनाहरू डेटाबेसमा दर्ता भएका छन् । जसको अनुमानित मूल्य ३३  हजार २८० करोड रुपैयाँ रहेको छ। चोरी भएको घडीको औसत मूल्य २२.४ लाख रुपैयाँ छ।

New Office
CG Motors
Garima Development Bank

२०२५ मा करिब १ हजार ४०० घडीहरू ट्रेस गरी फिर्ता ल्याइएको छ। तर विशेषज्ञहरूले वास्तविक चोरीका घटना यसभन्दा धेरै हुन सक्ने बताएका छन् । किनभने आधा मात्र मालिकहरूले प्रहरीमा उजुरी दर्ता गर्ने गरेका छन्। त्यस्तै, धेरैजसो मालिकहरूले आफ्नो घडीको सिरियल नम्बर रेकर्ड नगरेका कारण चोरी पछि ट्र्याक गर्न कठिनाइ हुन्छ।

बेलायतमा महँगा घडी चोरीको आधाभन्दा बढी मामिला लन्डनमा भएका छन्। जनवरी २०२२ देखि जुलाई २०२५ सम्म लन्डनमा ५ हजार १८० लग्जरी घडी चोरी भएका छन्।

सबैभन्दा बढी चोरी हुने ब्राण्डमा रोलेक्स रहेको छ । सन् २०२५ मा हराइएका वा चोरी भएका घडीमध्ये ५१ प्रतिशत रोलेक्स ब्राण्डका थिए। पुराना घडीको बजारमा पनि ४४ प्रतिशत टाइमपिस यसै ब्राण्डको रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै रिचर्ड मिल दोस्रो स्थानमा रहेको छ । यो ब्राण्डको घडी धेरै नै महङ्गो हुने गर्छ ।

विशेषज्ञहरूको अनुसार, लग्जरी घडीको मूल्य वृद्धि र लगानीको साधनको रूपमा मान्यता पाउनुले लक्जरी घडीको चोरीको घटना  वृद्धि भईरहेको छ। घडीको आकार सानो हुने भएकाले यसलाई लुकाउन र बेच्न सजिलो हुन्छ। दोस्रो मार्केट र अनलाइन ट्रेडिङ प्लेटफर्मले यस्ता घडीलाई पुनः बिक्री गर्न सहज बनाएका छन्।

रिपोर्ट अनुसार, १७ प्रतिशत मालिकहरूले आफ्नो घडीको सिरियल नम्बर रेकर्ड गर्दैनन्, र ८ प्रतिशतलाई नम्बर सुरक्षित राखे वा नराखेको एकिन हुँदैन ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.