शुक्रबार, फाल्गुन ८,२०८२ 06:11:41
Bizshala
  • शुक्रबार, फाल्गुन ८,२०८२ 06:11:41
Bizshala
Global IME Bank Limited

बजारको विकृति अन्त्य गर्न अगाडि बढेकी सिडिएससी प्रमुखलाई पदबाट हटाउने प्रयास विफल

बजारको विकृति अन्त्य गर्न अगाडि बढेकी सिडिएससी प्रमुखलाई पदबाट हटाउने प्रयास विफल
Shivam Cement

काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमीटेड(सिडिएससी)की प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाकलाई पदबाट हटाएर बजारमा जथाभावी गर्न खोज्ने केही स्वार्थ समूहहरुको प्रयासमा अस्थायी रोक लागेको छ ।  

अदालतले केही कर्पोरेटहरुको योजनामा सिडिएससीकी प्रमुख कार्यकारी अधिकृत पन्दाकको योग्यतामाथि प्रश्न उठाउँदै जिम्मेवारीमुक्त गर्न माग गर्दै अदालतमा परेको रिटको प्रारम्भिक सुुनुवाई गर्दै निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिदिएको हो । योसँगै सिडिएससी प्रमुख पन्दाकलाई पदबाट हटाएर आफ्नो स्वार्थ पूर्ति गर्ने केही व्यापारिक प्रतिष्ठान र घरानाहरुको प्रयास असफल भएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

पछिल्लो समय सिडिएससी प्रमुख पन्दाकले बजारको विकृति अन्त्यका लागि सबै समूहका कम्पनीमा दोहोरो आईजीनको व्यवस्था लागू गर्नुपर्ने, यो वा त्यो नाममा पूँजीबजारमा सर्वसाधारणमाथि भइरहेको धोकापूर्ण चलखेल बन्द हुनुपर्ने लगायतका विषयहरुलाई कानून बनाएरै कस्ने प्रयास जारी राखेकी छिन् । दोहोरो आईजीनमा लिएको उनको अडानकै कारण केही व्यापारिक प्रतिष्ठानको आईपीओ जारी गर्ने सदाबहार खेती बन्द हुने अवस्था सिर्जना भएको छ ।

अधिवक्ता उत्तमबहादुर श्रेष्ठले सिडिएस संचालक समितिबाट २०८१ पुस १४ गते प्रविन पन्दाकलाई प्रबन्ध सञ्चालक तथा कार्यकारी प्रमुखको पदमा नियुक्त गर्न गरिएको निर्णय, नियुक्तिपत्र, सिफारिस लगायतको कार्य उत्प्रेषणको आदेशले बदर गरी उनलाई सिडिएसको प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुखको रुपमा कामकाज नगर्नु नगराउनु भनी अन्तरिम आदेशको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । सो रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीशदय सोमकान्त मैनाली र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासले फागुन ८ गते अन्तरिम आदेश खारेज गरिदिएको हो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

रिट निवेदक श्रेष्ठ स्वयम् पनि अधिवक्ता हुन् । उनको तर्फबाट उनी स्वयम्सहित अधिवक्ताहरु नागेन्द्रप्रसाद चौधरी, दीपकविक्रम मिश्र र हरिकृष्ण श्रेष्ठले बहस गरेका थिए ।  

यस्तै, पन्दाकको तर्फबाट उनी स्वयम्सहित अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, चन्द्रकान्त ज्ञवाली, टिकाराम भट्टराई, भावेश गौतम र अनन्त कार्कीले बहस गरेका थिए ।  

अदालतको आदेश यस्तो छः

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.