सोमबार, असार १५,२०८३ 02:29:31
Bizshala
  • सोमबार, असार १५,२०८३ 02:29:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्वाचनमा कस्तो रहनेछ मौसमको अवस्था ?

Laxmi Sunrise Bank Limited
निर्वाचनमा कस्तो रहनेछ मौसमको अवस्था ?

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले फागुन २० देखि २२ गतेसम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ।

महाशाखाले बुधबार जारी गरेको निर्वाचन विशेष मौसम बुलेटिन अनुसार, बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षा र हिमपातको सम्भावना छ। तर, यी प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

New Office
CG Motors
Garima Development Bank

फागुन २१ गते बिहीबार कोशी, मधेस र गण्डकी प्रदेशको तराई भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। सोही दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने अनुमान छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फागुन २२ गते शुक्रबार मधेस प्रदेश बाहेक अन्य ६ वटा प्रदेशका हिमाली तथा पहाडी भूभागमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मधेस प्रदेशमा मौसम मुख्यतया सफा रहने छ।

महाशाखाले जनाएका अनुसार, आगामी तीन दिनमा देशभर सामान्य मौसम रहने र ठूलो वर्षा वा हिमपात हुने सम्भावना न्यून रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.