सोमबार, असार १५,२०८३ 01:54:54
Bizshala
  • सोमबार, असार १५,२०८३ 01:54:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सिकाई तथा अनुभव आदानप्रदान भ्रमण कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सिकाई तथा अनुभव आदानप्रदान भ्रमण कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सकाई तथा अनुभव आदानप्रदान भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । संघले कोशी प्रदेशका ३० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सचिवालय प्रमुखहरुलाई मधेश, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा रहेका उद्योग वाणिज्य महासंघ तथाजिल्लार नगर उद्योग वाणिज्य संघहरुमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

अन्य प्रदेशका उद्योग वाणिज्य महासंघ तथा सघहरूको सचिवालय व्यवस्थापन, नियमित र विकासमुलक कार्यक्रम कार्यान्वयन, संस्थागत सुशासन, स्रोत व्यवस्थापन जस्ता विषयमा रहेका असल अभ्यासबारे जानकारी लिने आफ्नो अनुभव सम्वन्धीत पक्षसँग साट्ने उदेश्यका साथ उक्त भ्रमण गरिएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

गत चैत्र १६ गते देखि २० गते ५ दिनसम्म भएको उक्त भ्रमण गर्ने क्रममा मधेश प्रदेशको लहान उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, जनकपुर उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ बाग्मतीप्रदेश, पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, स्याङ्जा उद्योग वाणिज्य संघ, पाल्पा उद्योग वाणिज्य संघ, बुटबल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ एंवनेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशका गतिविधी तथा सचिवालय व्यवस्थापन अभ्यासका सन्दर्भमा अन्तरक्रिया, अनुभव आदानप्रदान तथा अवलोकन गरिएको थियो । सो क्रममा विभिन्न उद्योग वाणिज्य संघहरूमा संस्थागत अवस्था तथा कार्यक्रमहरुका सन्दर्भमा प्रस्तुती तथा अन्तरक्रिया कार्यक्रम पनि समावेश रहेको थियो ।    

द एशिया फाउण्डेशनको सहयोग तथा कम्यूनिटी इन्गेजमेन्टस् एण्ड आउटरिच प्रालि सँगको सहकार्यमा सम्पन्न भएको उक्त भ्रमण कार्यक्रमबाट उद्योग वाणिज्य संघको संस्थागत विकासका साथै क्षमता अभिवृद्धिमा प्रोत्साहन हुनका साथै असल अभ्यास सिक्ने अवसर पाएको संघले जनाएको छ  

नेपाल उद्योग वाणिज्य महासंघका कार्य समितिका सदस्य विरेन्द्रकुमार साह र कार्यकारी निर्देशक राधारमण भण्डारी(श्याम)को नेतृत्वमा गएको उक्त भ्रमण टोलीमा ३० जनाको सहभागिता रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.