काठमाण्डौ । रोल्पामा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वर्षमान पुनले स्पष्ट अग्रता लिएका छन्। पुनले कुल ६५८ मत प्राप्त गर्दै सबैभन्दा बढी मत पाएका छन्।
नेकपा माओवादीका चुडामणि वलीले ४८६ मत पाएका छन् भने नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालराम थापाले १६ मत, नेपाली कांग्रेसका सुदनकुमार वलीले १५ मत र राप्रपा का अम्मरबहादुर थापाले ४ मत पाएका छन्।
यसैगरी जनमोर्चा प्रतिनिधि गिलास–मेघनाथ विष्टले २१ मत र मंगोल नेशनल अर्गनाइजेसनका भाले–कुमार घर्ती मगरले २६ मत प्राप्त गरेका छन्।

