शनिबार, फाल्गुन १०,२०८१ 09:37:48
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:37:48
IME remit
Global IME Bank Limited

माछापुच्छ्रे बैंकद्वारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता

Hyundai Nepal
माछापुच्छ्रे बैंकद्वारा क्रस बोर्डर भुक्तानीलाई सहजीकरण गर्न सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । माछापुच्छ्रे बैंकले हालै नेपाल र भारत वीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ हाउस र फोन पे सँग बेग्लाबेग्लै सम्झौता गरेको छ ।  

फोन पे सँगको  सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले युपीआई–इनएबल्ड एप्सको प्रयोगद्धारा आफुले प्रयोग गरेको सेवा तथा खरिद गरेका वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध माछापुच्छ्रे बैंकका मर्चन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ ।  

यस्तै, सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्यूआर भुक्तानीमार्फत सहज रुपमा कारोबार गर्न सुविधा प्रदान गरेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

यसका साथै भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्न हेतु नेपाल क्लियरिङ हाउससँग ‘पार्टीसीपेटीङ टीवाईएफ सेटलमेन्ट बैंक’ साझेदारी समेत गरेको हो । यस सम्झौता अनुरुप उक्त सेवा लाईभ गए  पश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैंकमा खोलिएको कुनै पनि युपीआई ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सीधै पैसा पठाउन सक्नेछन् । नेपाल राष्ट्र बैंकले तोकेको सिमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकीए बमोजिमदैनिक रुपमा १५ हजार भारतिय रुपैयाँँ र मासिक १ लाख सम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ ।  

यसै गरि भारतमा रहेका नेपाली नागरिकहरूले पनि युपीआई–इन्एबल्ड एप्स प्रयोग गरेर भारतको नियामक निकयले तोकेको सिमाभित्र बसेर नेपालमा माछापुच्छ्रे बैंकको युपीआई ह्यान्डल–लिंक गरिएको खातामा सिधै पैसा पठाउन सक्नेछन् । हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोवार भारु २ लाख सम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटा भन्दा बढि कारोबार ननाघ्ने गरि आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोवार भारु ५० हजार पठाउन सक्नेछन् ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.