शनिबार, श्रावण २,२०८३ 03:50:23
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 03:50:23
Bizshala
Global IME Bank Limited

एनएनबि लघुवित्तको साधारण सभा चैत २५ गते बस्ने, मर्जरमा जाने विशेष प्रस्ताव

एनएनबि लघुवित्तको साधारण सभा चैत २५ गते बस्ने, मर्जरमा जाने विशेष प्रस्ताव
New Office

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले १३औं वार्षिक साधारण सभा चैत २५ गते बुधबार पोखरा–८, न्यूरोडस्थित होटल सिटि स्क्वायर प्रा.लि मा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।  

सभामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अघि बढाउन उपयुक्त देखिएमा सो सम्बन्धि प्रक्रिया अघि बढाउने मुख्य प्रस्ताव पारित गर्नेछ ।  

त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ ।

साथै आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने र एनएमबि बैंकबाट एनएमबि लघुवित्तमा सञ्चालकको रूपमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

साधारणसभा प्रयाजनार्थ संस्थाले चैत १७ गते एक दिनका लागि कम्पनीको शेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने तोकिएको छ । यसर्थ चैत १६ गतेसम्म कायम सेयरधीहरु मात्रै साभारण सभामा उपस्थित हुन पाउनेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.