आईतवार, श्रावण २४,२०८३ 01:17:59
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 01:17:59
Bizshala
Global IME Bank Limited

प्रत्येक पोर्टफोलियोमा रि–ब्यालेन्सिङ आवश्यक, लगानीकर्ताहरूले यी कुराहरूमा दिनुपर्छ ध्यान

प्रत्येक पोर्टफोलियोमा रि–ब्यालेन्सिङ आवश्यक, लगानीकर्ताहरूले यी कुराहरूमा दिनुपर्छ ध्यान
New Office

काठमाण्डौ । प्रत्येक लगानीकर्तालाई ‘बुल रन’ मन पर्छ । आफुले लगानी गरेको कुनै कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताको सम्पत्ति पनि तीव्र गतिले बढ्छ ।  

तर यहि समय त्यस्तो समय हो जुनबेला लगानीकर्ताको पोर्टफोलियोमा पनि जोखिम बढ्ने गर्छ । यस्तो बेला लगानीकर्ताले आफ्नो पोर्टफोलियोको जोखिमलाई नियन्त्रणमा राख्नु पर्ने हुन्छ । यसको सबैभन्दा उत्तम तरिका भनेको ‘एसेट एलोकेशन’ हो ।  

यसमा अनुशासनको पालना गर्नु एकदमै आवश्यक पर्छ । यसका साथै पोर्टफोलियोमा रहेको फण्डलाई सहि व्यवस्थापन गर्न आवश्यक छ ।  

 

बुल रनको असर  

बुल रनमा लगानीकर्तालाई सबैभन्दा ठूलो असर के पर्छ भने यस समयमा उसको सम्पत्तिको मूल्य तीव्र गतिमा बढ्छ । सेयर बजार जस्तो क्षेत्रमा बुल रन आउँछ भने यो लगानीकर्ताका लागि राम्रो खबर हो । किनकी यसले लगानीकर्ताको पोर्टफोलियोको मूल्य बढ्छ र उनीहरुको लक्ष्य हासिल गर्न सहयोग प्राप्त हुन्छ ।  

यस प्रकारको मूल्यमा वृद्धि हुनु लगानीकर्ताका लागि समस्याको सुरुवात पनि हो । किनभने सेयरलाई कति समयसम्म होल्ड गर्ने भन्ने विषय पनि महत्वपूर्ण छ ।  

लगानीको सुरुवाती लक्ष्य भनेको बिक्री गरेर मुनाफा सुरक्षित गर्नु हो । तर जब मूल्य बढ्छ, तब मनमा लोभीपन आउँन सक्छ र लगानीकर्ताले बिक्रीको निर्णयबाट पछि हट्न सक्छ । यसले पोर्टफोलियो एकै ठाउँमा फस्ने भएकाले अन्त्यमा जोखिम बढ्छ । यस्तोमा लगानीकर्तालाई त्यो प्रतिफल प्राप्त हुदैन जुन उ चाहन्छ ।  

रि–ब्यालेन्सिङमार्फत एसेट एलोकेशन

यो परिस्थितीलाई सम्हाल्ने सबैभन्दा उत्तम तरिका भनेको सहि एसेट एलोकेशनको संरचना हुनु । साधारण शब्दमा भन्नुपर्दा एसेट एलोकेशनमा पोर्टफोलियोमा रहेको अलग–अलग एसेट क्लासमा कति रकम छुट्याउने भन्ने निर्णय गरिन्छ ।  

प्रत्येक व्यक्तिको अवस्था फरक–फरक हुन्छ र लगानीकर्ता आफ्नो अवस्था र आवश्यकता अनुसार एसेट एलोकेशन गर्नुपर्छ ।  

लगानीकर्ताले आफ्नो आवश्यकतालाई ध्यानमा राखोस् भन्ने कुरा एसेट एलोकेशनबाट सुनिश्चित हुन्छ । केहि समयपश्चात जब भिन्न–भिन्न लगानीको मूल्यमा परिवर्तन आउँछ तब एसेट एलोकेशनमा पनि परिवर्तन आउँछ । यो चरणमा लगानीकर्ताले यो सुनिश्चित गुर्नपर्छ कि रि–ब्यालेन्सिङ होस् र एसेट एलोकेशन त्यो अवस्थामा फर्कियोस् जहाँ त्यसलाई हुन आवश्यक छ ।  

रि–ब्यालेन्सिङको अवधि  

रि–ब्यालेन्सिङमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको समयावधि हुने गर्छ । लगानीकर्ताले आफ्नो लक्ष्य हासिल गर्न नसक्ने भएकाले यो छोटो समयमा गर्न सकिदैन । यसका साथै लामो समयसम्म प्रतिक्षा गर्दा प्राप्त अवसर पनि गुम्ने खतरा त्यत्तिकै हुन्छ ।  

सबैभन्दा उत्तम ६ महिनाभित्र रि–ब्यालेन्सिङ गर्नुपर्छ । यसबाट निगरानी भईरहेका सुनिश्चित हुन्छ र आवश्यक परे परिवर्तन पनि गर्न सकिन्छ ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.