काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक सेयरधनी महिला आदर्श सेवा केन्द्रको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।
संस्थाले कुल ३० हजार कित्ता सेयर बिक्री पक्रिया खुलाएको छ । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र संस्थाको कर्पोरेट कार्यालय सितापाईला, काठमाण्डौमा आवेदन दिन सक्नेछन् ।
साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त सेयर जो कोही व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने संस्थाले जनाएको छ ।

