काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको १ः५६.६२१२७९ अनुपातमा हकप्रद सेयर जारी गर्न एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
यस विषयमा कम्पनी र क्यापिटलबीच सम्झौता समेत सम्पन्न भएको छ । कम्पनीको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनको प्रस्तावलाई अनुमोदन गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।