सोमबार, असार १५,२०८३ 08:33:33
Bizshala
  • सोमबार, असार १५,२०८३ 08:33:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयर बजारमा त्रास फैलाइएको मात्रै हो, प्यानिक हुन आवश्यक छैन: अर्थमन्त्री वाग्ले

Laxmi Sunrise Bank Limited
सेयर बजारमा त्रास फैलाइएको मात्रै हो, प्यानिक हुन आवश्यक छैन: अर्थमन्त्री वाग्ले

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा देखिएको अस्वाभाविक त्रासप्रति चिन्ता व्यक्त गर्दै यसलाई तथ्यभन्दा बढी हल्ला–आधारित मनोविज्ञानको परिणाम भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको छलफलमा उनले सरकारको ध्यान बजारमा हस्तक्षेप गर्नेभन्दा विश्वास निर्माण, पारदर्शिता र संरचनात्मक सुधारतर्फ केन्द्रित रहेको स्पष्ट पारे।

उनका अनुसार पछिल्ला दिनमा साना लगानीकर्तामाथि कारबाही हुने भन्ने सन्देश फैलाइएको छ, तर सरकारको यस्तो कुनै नीति नरहेको उनले दोहोर्‍याए। नीतिगत स्पष्टता हुँदाहुँदै पनि गलत सूचनाले बजारमा अनावश्यक दबाब सिर्जना गरिएको उनले बताए । 

New Office
CG Motors
Garima Development Bank

अर्थमन्त्री वाग्लेले नेपाल स्टक एक्सचेन्ज लाई डिजिटल पूर्वाधार, पारदर्शिता र ट्र्याकिङ प्रणालीका कारण अन्य क्षेत्रभन्दा अघि रहेको उदाहरणका रूपमा प्रस्तुत गरे। पेपरलेस कारोबार, बैंकिङ च्यानलमार्फत भुक्तानी र लाभांशको प्रत्यक्ष जम्मा प्रणालीले बजारलाई औपचारिक अर्थतन्त्रसँग थप मजबुत रूपमा जोडेको उनको भनाइ छ।

सरकारले नेप्सेको पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर दीर्घकालीन सुधार अघि बढाउने तयारी गरेको उनले जानकारी दिए।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वाग्लेले सरकारको प्राथमिकता अनुशासनयुक्त स्वतन्त्र बजार भएको उल्लेख गर्दै इन्साइडर ट्रेडिङ र बजार म्यानिपुलेसनजस्ता गतिविधिमा भने शून्य सहनशीलता रहने बताए। उनले कसैलाई लक्षित गरेर होइन, प्रमाणका आधारमा मात्र कारबाही हुने समेत स्पष्ट पारे ।  

उनले छोटो अवधिको उतारचढावलाई ठूलो संकटका रूपमा व्याख्या गर्ने प्रवृत्तिले दीर्घकालीन लगानी संस्कृतिलाई कमजोर बनाउने चेतावनी दिए। उनले लगानीकर्तालाई प्यानिक नहुन आग्रह गर्दै आगामी दिनमा बजार सुधारका लागि काम गर्ने समेत प्रतिबद्धता जाहेर गरे ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.