बुधबार, बैशाख १६,२०८३ 05:33:30
Bizshala
  • बुधबार, बैशाख १६,२०८३ 05:33:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनसेलको ठूलो अफर: अनलिमिटेड डेटा र कल अब रु ६९९ मा, शुल्क ६५% घट्यो

Bizshala
एनसेलको ठूलो अफर: अनलिमिटेड डेटा र कल अब रु ६९९ मा, शुल्क ६५% घट्यो
Shivam Cement

काठमाण्डौ । Ncell ले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना प्रिपेड ग्राहकका लागि अनलिमिटेड सेवा सहितको आकर्षक कम्बो प्याक सार्वजनिक गरेको छ। कम्पनीले कल र इन्टरनेट सेवाको शुल्क आक्रामक रूपमा घटाउँदै यो अफर ल्याएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस नयाँ प्याकमा ग्राहकले २८ दिनसम्म अनलिमिटेड डेटा, कुनै पनि नेटवर्कमा अनलिमिटेड कल, दैनिक १०० एसएमएस तथा Lionsgate Play मा निःशुल्क पहुँच प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार यसअघि उपलब्ध रु १९९९ पर्ने अनलिमिटेड सेवा अब करसहित रु ६९९ मा उपलब्ध गराइएको छ, जसले कुल शुल्कमा करिब ६५ प्रतिशत कमी ल्याएको छ।

यो प्याक ग्राहकले सजिलै *१२३# डायल गरेर लिन सक्नेछन्। साथै Ncell App, नजिकैको एनसेल सेन्टर वा आधिकारिक पसलबाट पनि खरिद गर्न सकिन्छ।

CG Motors
Garima Development Bank
IME remit

एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्ताका अनुसार दूरसञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै यो योजना ल्याइएको हो। “यो प्याकले कम लागतमा ‘बेस्ट भ्यालु’ प्रदान गर्दै ग्राहकलाई सधैं कनेक्टेड राख्न सहयोग गर्नेछ,” उनले बताए।

उनका अनुसार डिजिटल जीवनशैलीलाई प्रवर्द्धन गर्दै अनलाइन कारोबार, वर्क फ्रम होम, अध्ययन, गेमिङ तथा मनोरञ्जनमा सहजता ल्याउने उद्देश्यले यस्तो योजना ल्याइएको हो।

यस प्याकअन्तर्गत उपलब्ध Lionsgate Play मार्फत ग्राहकले हलिउड फिल्म, टिभी शो, ओरिजिनल कन्टेन्ट तथा वृत्तचित्रहरू हेर्न सक्नेछन्। उक्त एप Google Play Store, Apple App Store तथा Amazon Fire TV Stick मार्फत डाउनलोड गर्न सकिनेछ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X