बुधबार, असार १७,२०८३ 04:03:14
Bizshala
  • बुधबार, असार १७,२०८३ 04:03:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पृथ्वी दिवसको अवसरमा वल्डलिंकद्वारा डस्टबिन हस्तान्तरण तथा सरसफाई कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
पृथ्वी दिवसको अवसरमा वल्डलिंकद्वारा डस्टबिन हस्तान्तरण तथा सरसफाई कार्यक्रम सम्पन्न

काठमाण्डौ । वल्डलिंक कम्युनिकेशन्सको सामाजिक उत्तरदायित्व अन्तर्गत आज विश्वव्यापी रूपमा मनाइने पृथ्वी दिवस २०२६ का अवसरमा नेपालकोऐतिहासिक स्थल किर्तिपुर वडा नं ६ मा अवस्थित मन्जुश्री पार्कमा डस्टबिन हस्तान्तरण तथा सरसफाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय सस्थां प्रगतिशील युवा समूह र जलविनायक सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजना संचालन गरिएको थियो ।

यस कार्यक्रममा मन्जुश्री पार्क र जलविनायक सामुदायिक वनकोक्षेत्रमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि डस्टबिनहरू त्यहाका प्रतिनिधिहरु समक्ष वल्डलिंककी सिएसआर डाइरेक्टर तथा प्रमोटर सेयरहोल्डर, अनुपा भण्डारी जालान र किर्तिपुर नगरपालिकाकी उपमेयर, शुभलक्ष्मी शाक्यले सयुक्त रुपमा डस्टविनकोचाबी हस्तान्तरण गर्नु भएकोथियो। साथै, सहभागीहरूले पार्क र सामुदायिक वन क्षेत्रमा सामूहिक रुपमा सरसफाइ अभियान सञ्चालन गर्दै प्लास्टिकरहित क्षेत्र व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

New Office
CG Motors
Garima Development Bank

पार्कमा आउने आगन्तुकहरूको सुविधालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा निःशुल्क वाइफाइ सेवा पनि उपलब्ध गराइएको जानकारी भण्डारी जलानले दिए । जसले डिजिटल पहुँच र पर्यटकीय अनुभवलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

यसैगरि उनले पृथ्वी दिवस केवल उत्सव नभई सवैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै हाम्रो शक्ति, हाम्रो पृथ्वी भन्ने यस वर्षको नाराले पृथ्वीको संरक्षणमा सामूहिक प्रयासको आवश्यकता झल्काउने बताए । उनले वातावरण संरक्षण कुनै एक पक्षको मात्र दायित्व नभई सबैको साझा जिम्मेवारी भएकोमा जोड दिए ।

कार्यक्रममा अगाडि बोल्दै, किर्तिपुर नगर उपप्रमुखले वल्डलिंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिको कार्यक्रमको प्रशंसा गरे र आगामी दिनमा निरन्तर यस्ता गतिविधि गर्न सुझाब र साथ पाउने अपेक्षा पनि राखेका थिए । २०५० साल देखि स्थापना भएको प्रगतिसिल युवा समुहले मन्जुश्री पार्क र सामुदायिक वनको स्थापना र यसको संरक्षणमा निरन्तर लागि रहेको सो क्लवका अध्यक्ष सुजन मर्हजनले बताए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, यस ऐतिहासिक स्थल मन्जुश्री पार्क र सामुदायिक वनको संरक्षण, प्रवद्र्धन, सास्कृतिक र प्रर्यटकीय पहिचानलाई सबै समक्ष पु¥याउन स्थानीयहरुको सक्रिय सहभागीता रहेको हुनाले सो कार्यममा बोल्दै सवैजना धन्यवादको पात्र रहेको जानकारी दिए ।

कार्यक्रममा किर्तिपुर ६ का वडा अध्यक्ष, जलविनायक सामुदायिक वन उपभोक्ता समूह, विभिन्न संघ– संस्थाका प्रतिनिधिहरू, स्थानीय समुदाय, तथा सरोकारवाला व्यक्तिहरूको सकृय उपस्थिति रहेको थियो ।

वल्डलिंकको सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म देशका विभिन्न स्थानमा विद्यालयहरूमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण, वृक्षारोपण र सामुदायिक वन संरक्षण, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, दुर्गम क्षेत्रमा अनलाइन शिक्षा, स्वास्थ्य संस्थामा सौर्य ऊर्जा जडान, सुरक्षित इन्टरनेटसम्बन्धी जनचेतना तथा युवाहरूको डिजिटल क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरु निरन्तर गरि रहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.