काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । वैशाख १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही वैशाख २७ गते विशेष साधारण सभा डाकेको हो ।
उक्त सभा काठमाण्डौको टोखामा रहेको सावधान ब्याङक्वेटमा बिहान ८ बजेदेखि सुरु हुनेछ ।
सभामा लोअर भिमखोला क्यास्केड जलविद्युत आयोजना(६.०५ मेगावाट) हस्तान्तरण सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ ।
बैठकले विशेष साधारण सभा प्रयोजनका लागि यही वैशाख १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ वैशाख १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको उक्त सभामा भाग लिनका लागि योग्य हुनेछन् ।

