• आईतवार, बैशाख २०,२०८३ 04:06:18
बजेटोत्सभ

सरकारसँग नडराउन निजी क्षेत्रलाई लामिछानेको आग्रह, बालेनले पनि छिट्टै भेटवार्ता गर्ने तयारी

सरकारसँग नडराउन निजी क्षेत्रलाई लामिछानेको आग्रह, बालेनले पनि छिट्टै भेटवार्ता गर्ने तयारी

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरुलाई सरकारसँग नडाउन आग्रह गरेका छन् । लामिछानेले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका व्यवसायिक संगठनमा आवद्ध उद्योगी तथा व्यवसायीसँगको  छलफलका क्रममा यस्तो बताएका हुन् । 

ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा भएको उक्त भेटघाटमा लामिछानेले सरकार निजी क्षेत्रलाई प्रोत्साहित गर्न तत्पर रहेको र उनीहरुलाई बिना अवरोध लगानी गर्ने वातावरण सिर्जउना गरी लगानी सुरक्षित गर्न अग्रसर रहेको बताए ।

यस्तै उनले देशमा लगानीको वातावरण सुधार्न सरकार लागिपरेको बताउँदै कुनैपनि प्रकारको धरपकड नहुनेमा ढक्क हुन समेत आग्रह गरे ।

यस्तै उनले सरकारले जनतासमक्ष गरेको समृद्धि तथा सुशासनको प्रविवद्धता पुरा गर्न निजी क्षेत्रको साथ र सहयोग अपरिहार्य रहेकोमा समेत जोड दिए । व्यवसायी र उद्योगीलाई हतोत्साहित गर्ने सरकारको कुनै अभिप्राय नरहेको बताउँदै उनले बेथीति अन्त्य गर्नतर्फ भने सरकार कटिवद्ध रहेको उल्लेख गरे ।

उनले निजी क्षेत्रलाई आत्मनिर्भर बनाउन कानुनी सुधार गर्नुपर्ने आवश्यकता औल्याए र यसमा निजी क्षेत्रले सहयोग गर्नुपर्ने समेत उनको धारणा थियो ।

यस्तै उनले उद्योगी व्यवसायीहरुको जायज मागहरु आगामी बजेटमार्फत सम्बोधन गरिने समेत बताए । यस्तै उनले निजी क्षेत्रलाई नाफामुखी बन्नबाट नरोकिने बताए ।

लामिछानेले सरकार व्यवसायको सुरक्षामा तत्पर रहेको, व्यक्तिगत आयको सिमा हेरफेर गर्नुपर्ने र कानुनी उल्झन हटाउन लागि परिरहेको समेत बताए ।

रास्वपाको सरकार बनेसँगै आतंकित बनेको निजी क्षेत्रलाई पार्टीले ढाडस दिने प्रयास गरेको हो । उद्योगी व्यवसायीमाथि धरपकड र एमआरपीको कार्यान्वयनमा कडाई जस्ता विषयले पछिल्लो समय निजी क्षेत्र सरकारसँथ त्रसित बनेको छ ।

यस्तै प्रधानमन्त्री बालेन शाहले समेत उद्योगी व्यवसायीहरुसँग छलफल गर्ने योजना बनाएका छन् । प्रधानमन्त्री बालेन शाहले उद्योुगी व्यवसायीलाई विश्वासमा लिएर अघि बढ्न चाहेको समेत जनाइएको छ । यसका लागि उनले उद्योगी व्यवसायीको टोलिसँग भेट गर्ने कार्यक्रम तय भएको छ । 

यो पनि हेर्नुहोस

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.