बुधबार, माघ २३,२०८१ 02:27:02
IME remit
  • बुधबार, माघ २३,२०८१ 02:27:02
IME remit
Global IME Bank Limited

२७ अर्ब डलर बैंकिङ घोटालामा भियतनामकी महिला व्यवसायीलाई मृत्युदण्ड,४२ हजार पीडित

Hyundai Nepal
२७ अर्ब डलर बैंकिङ घोटालामा भियतनामकी महिला व्यवसायीलाई मृत्युदण्ड,४२ हजार पीडित
Nabil Bank Limited

काठमाण्डौ । भियतनाममा एक अरबपति महिला व्यवसायीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । रियल स्टेट कारोबारी ट्रांग माई लान नामक महिलालाई एउटा ठूलो घोटाला काण्डमा मृत्युदण्डको सजाय सुनाइएको हो ।  

यो काण्ड भियतनामको इतिहासको अहिलेसम्मकै सबैभन्दा ठूलो आर्थिक अपचलनको घटना भएको जनाइएको छ । रिपोर्टका अनुसार यो घोटाला अनुमानित २७ अर्ब डलर रहेको बताइएको छ ।  

द गार्डिएनको रिपोर्टका अनुसार प्रोपटी टाइकुन तथा प्रमुख डेभलपर वान थिन्ह फैटकी प्रेसिडेन्ट ट्रांग माई लानलाई यो घटनाको सम्बन्धमा ५ साताको सुनुवाईपछि मृत्युदण्डको सजाय सुनाइएको हो । उनलाई एक दशकभन्दा पनि बढी समयसम्म साइगान कमर्सियल बैंक(एससीबी)को पैसा अलचलन गरेको घटनामा दोषि पाइएको थियो । रिपोर्टमा उनले अपचलन गरेको २७ अर्ब डलर रकम सन् २०२३ मा भियतनामको कुल जीडीपीको ६ प्रतिशत रहेको जनाइएको छ । 

ट्रांग माईले आफ्नो कम्पनीलाई फाइदा पुग्ने गरी सन् २०१२ देखि २०२२ सम्म बैंकबाट गलत तरिकाले ऋण लिएकी थिइन् । उनले ऋणको केहि रकम आफुले राखेकी थिइन् र केहि रकम यो घटनालाई लुकाउनका लागि अडिट अधिकारीहरुलाई घुस दिएकी थिइन् । उनले बैंकबाट दश वर्षको अवधिमा २ हजार सय पटक ऋण लिएकी थिइन् । जुन बैंकको कुल कर्जाको ९३ प्रतिशत हुन आउँछ । 

Bizshala
CG Motors
Sagarmatha Cement

यो मामिलाको सुनुवाईको क्रममा जुरीका ३ जना सदस्य र न्यायधिसको प्यानले अभियोजन पक्षका साथै बचाव पक्षको तर्कका आधारमा मृत्युदण्डको सजाय सुनाएको थियो । अभियोजनकर्ताहरुले महिला व्यवसायी ट्रांगले गरेको यो घोटालाले देशलाई ठूलो नोक्सान पुर्याएको बताएका थिए । उनलाई सुनाइएको सजायलाई भ्रष्टाचारविरुद्ध भियतनामको राष्ट्रिय अभियानका रुपमा लिइएको छ ।  

यो घोटाला प्रकरणमा संलग्न ट्रांग माईका अलावा अन्य ८५ जनालाई समेत भ्रष्टाचार र पदको दुरुपयोगको तथा बैंकिङ कानून उल्लंघन गरेको आरोपमा सजाय हुन सक्ने जनाइएको छ । यो घटनामा लगभग ४२ हजार जना पिडित रहेको जनाइएको छ ।  

ट्रांग माईलाई सन् २०२२ मा पक्राउ गरिएको थियो । तर त्यसबेला उनले आरोप अस्विकार गरेकी थिइन् । उनले गत साता अदालतमा अन्तिम टिप्पणी गर्दै आत्महत्या गर्ने सोच बनाएको बताएकी थिइन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.