शुक्रबार, आश्विन ३०,२०८३ 12:44:26
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 12:44:26
Bizshala
Global IME Bank Limited

सभापोखरी हाइड्रोपावरको १०.७५ लाख कित्ता आईपीओको प्रत्याभूति गरिमा क्यापिटलले गर्ने

Bizshala
सभापोखरी हाइड्रोपावरको १०.७५ लाख कित्ता आईपीओको प्रत्याभूति गरिमा क्यापिटलले गर्ने
New Office

 काठमाण्डौ । सभापोखरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको १० लाख ७५ हजार कित्ता साधारण सेयरको प्रत्याभूति गरिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ।

गरिमा क्यापिटल र सभापोखरी हाइड्रोपावरबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति (अन्डरराइटिङ) सम्बन्धी सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न लागेको कुल १० लाख ७५ हजार कित्ता साधारण सेयरको कुल १० करोड ७५ लाख रुपैयाँ बराबरको प्रत्याभूति गरिमा क्यापिटलले गर्नेछ।

गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अशोक सुवेदी र सभापोखरी हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक श्रीराम देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सभापोखरी हाइड्रोपावरले संखुवासभाको सभापोखरी गाउँपालिका–३ मा ५ मेगावाट क्षमताको लंखुवा खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजना २०८१ माघमा निर्माण सम्पन्न भई ३३ केभी प्रसारण लाइनमार्फत टुम्लिङटार सबस्टेशन हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको कम्पनीले जनाएको छ।

गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। कम्पनीले लगानी व्यवस्थापन, डिम्याट तथा मेरो सेयर सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, अन्डरराइटिङ, म्युचुअल फण्ड व्यवस्थापन, डिपोजिटरी सेवा, सेयर रजिस्ट्रेशन तथा संस्थागत परामर्शलगायत सेवा प्रवाह गर्दै आएको छ।

कम्पनीका सेवाहरू गरिमा विकास बैंकका शाखा कार्यालयमार्फत समेत सहजीकरण हुँदै आएको जनाइएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.