शनिबार, श्रावण २,२०८३ 09:09:57
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:09:57
Bizshala
Global IME Bank Limited

फरवार्ड माइक्रोफाइनान्सको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

फरवार्ड माइक्रोफाइनान्सको १३ औँ वार्षिक साधारण सभा सम्पन्न
New Office

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा आज सुनसरीको दुहबीस्थित दिनेश स्मृति भवनमा सम्पन्न भएको छ।

सभाको उद्घाटन गर्दै पूर्व मन्त्री भगवती चौधरीले लघुवित्त कार्यक्रममार्फत ग्रामीण महिलाहरूको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा उल्लेखनीय सुधार आएको बताइन्। उनले राज्यले ऋण मिनाहा गर्ने सम्भावना नरहेको उल्लेख गर्दै कर्जा उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गर्न आग्रह गरिन्।

साथै, लघुवित्त क्षेत्रको दिगो सुधारका लागि सञ्चालक, कर्मचारी र ग्राहक सदस्यबीच इमानदारी आवश्यक रहेको धारणा व्यक्त गरिन्।

सभाले अध्यक्ष केशवराज पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू अनुमोदन गरिएको छ। आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरिएको छ।

निर्वाचन प्रक्रियाबाट सञ्चालक समिति गठन गरिएको छ। व्यक्तिगत संस्थापक समूहबाट भगवती चौधरी, सर्वसाधारण शेयरधनी समूहबाट जगत जंग जी।सी। र बोधराज नेपाल, एभरेष्ट बैंकको तर्फबाट विष्णु प्रसाद ज्ञवाली तथा ग्रामीण महिला उत्सुकता विकास मञ्चको तर्फबाट गोविन्द चौधरी सञ्चालकमा निर्वाचित भएका छन्।

सभाले संस्थाको सेयर संरचना परिमार्जन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। यसअन्तर्गत संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत शेयर संरचनालाई क्रमशः ६० प्रतिशत र ४० प्रतिशतमा परिवर्तन गर्ने निर्णय गरिएको छ।

साथै पूँजी वृद्धि योजना, प्रबन्धपत्र तथा नियमावली संशोधन, र अन्य ‘घ’ वर्गका लघुवित्त संस्थासँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रस्तावहरू समेत स्वीकृत गरिएको छ।

अध्यक्ष पौडेलका अनुसार संस्थाले २०८२ पुस मसान्तसम्म ४० जिल्लाका ३८२ स्थानीय तहमा १५९ शाखामार्फत २ लाख ८४ हजार ५७ विपन्न परिवारलाई वित्तीय सेवा पुर्‍याएको छ। हाल संस्थासँग १ लाख २३ हजार ऋणी ग्राहक रहेका छन्, जसमा रु. २२ अर्ब २४ करोडभन्दा बढी कर्जा लगानी रहेको छ। त्यसैगरी रु। १० अर्ब ७३ करोडभन्दा बढी बचत संकलन गरिएको छ। संस्थामा ६९५ कर्मचारी कार्यरत छन्, जसमा ५० प्रतिशत महिला छन्।

सभामा गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले लघुवित्त संस्थाले विपन्न वर्गको आर्थिक सशक्तीकरणमा अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका थिए। निवर्तमान सञ्चालक आशुतोष शर्मा सापकोटाले लघुवित्त क्षेत्रमा देखिएका चुनौती सामना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले संस्थाको सुदृढीकरणमा प्रतिबद्धता व्यक्त गरेका थिए। कम्पनी सचिव विनोद कुमार चौधरीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न अतिथिहरूले मन्तव्य व्यक्त गरेका थिए।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.