सोमबार, जेष्ठ ४,२०८३ 01:24:14
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 01:24:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पानस रेमिट अब निओ मनि ट्रान्सफरको नामबाट रिब्राण्ड हुँदै

Laxmi Sunrise Bank Limited
पानस रेमिट अब निओ मनि ट्रान्सफरको नामबाट रिब्राण्ड हुँदै
Shivam Cement

काठमाण्डौ । पानस रेमिट अब निओ मनि ट्रान्सफरको नामबाट रिब्रान्ड हुने भएको छ । यससँगै निओ मनि ट्रान्सफर सञ्चालनमा आएको छ । यसअघि पानस रेमिटबाट सञ्चालन हुँदै आएको रेमिट्यान्स् कम्पनी अब निओ मनिट्रान्स्फरबाट सञ्चालनमा आएको हो ।  

एक दशक भन्दा लामो समय देखि विप्रेषण सेवामा कार्यरत रहेको पानस रेमिटले आफुलाई निओ मनि ट्रान्सफरको नाममा रिब्रान्ड गरेको छ । निओ अर्थात नयाँ वा पुनर्जीवित रूप भएको र निओ मनि ट्रान्सफर नयाँ नाम मात्र नभइ, विप्रेषण सेवालाई आधुनिकरण, ग्राहक लक्षित भइ विश्वमै नयाँ सकारात्मक परिवर्तन ल्याउने एउटा भरपर्दाे अभियान भएको कम्पनीले जनाएको छ ।

Bizshala
New Office
CG Motors

निओ मनि ट्रान्सफरबाट विदेशमा रहनु भएका नेपालीहरुले डिजिटल माध्यमबाट पठाएको रकम केहि सेकेण्डमै बैंक खाता (लघुवित्त र सहकारी संस्थासहित) तथा वालेटमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  

त्यसैगरी पारम्पारिक माध्यम, नगद भुक्तानीबाट पठाइएको रकम पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ । 

निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनाल भने, ‘नेपाली समुदायको सेवा गर्न निओ मनि ट्रान्सफरलाई अर्को अध्यायको रूपमा प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं । हाम्रो नयाँ पहिचान, गति र किफायती क्षमताको लागि प्रतिबद्धताकाे साथ, आप्रवासी नेपालीको लागि रेमिट्यान्स अनुभवलाई पुनः परिभाषित गर्ने लक्ष्य राख्दै, उनीहरूलाई सरल तथा न्यूनतम लागतमा सेवा प्रदान गर्नेछौँ । डिजिटल रेमिटेन्स किफायती हुनुको साथै यो छिटो र सुरक्षित भएको हुनाले हामी हाम्रा सेवाग्राहीहरुलाई डिजिटल माध्यम नै प्रयोग गर्न प्राथमिकता दिन्छौँ र दिनेछौँ ।’

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.