काठमाण्डौ । HONOR Nepal ले आफ्नो बहुप्रतीक्षित “Deepal S05 Lucky Draw” अभियानअन्तर्गत विजेता घोषणा आगामी बिहीबार, मे १४, २०२६ मा गर्ने भएको छ। विजेता घोषणा कम्पनीको आधिकारिक Facebook पेज “HONORNP” मार्फत प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।
कम्पनीका अनुसार यस अभियानले देशभरका ग्राहकबाट उत्साहजनक सहभागिता प्राप्त गरेको छ। HONOR X9d स्मार्टफोन खरिद गर्ने ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त योजनाअन्तर्गत एक जना भाग्यशाली विजेताले अत्याधुनिक इलेक्ट्रिक गाडी Deepal S05 जित्ने अवसर प्राप्त गर्नेछन्।
यस योजनामा जनवरी २९, २०२६ देखि अप्रिल २८, २०२६ सम्म HONOR X9d खरिद गरेका ग्राहकहरू सहभागी हुन योग्य रहनेछन्। योग्य ग्राहकहरूले HONOR Nepal को आधिकारिक Facebook पेजमा गएर आफ्नो मोबाइलको IMEI नम्बर दर्ता गर्नुपर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
विजेता छनोट प्रक्रिया पूर्ण पारदर्शी र निष्पक्ष बनाउने उद्देश्यले Facebook Live मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। कार्यक्रममा सहभागी तथा दर्शकहरूले वास्तविक समयमा विजेता घोषणा हेर्न सक्नेछन्।
कार्यक्रम विवरण:
- कार्यक्रम: Deepal S05 Lucky Draw घोषणा
- मिति: बिहीबार, मे १४, २०२६
- प्लेटफर्म: HONORNP Facebook Page

