बुधबार, आश्विन २८,२०८३ 11:28:03
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 11:28:03
Bizshala
Global IME Bank Limited

हाथवेजस्तै तीन कम्पनीले पाएनन् रु.५० मै आइपीओ बेच्न, अंकित मूल्य सुधारेर पुनः आवेदन

Bizshala
हाथवेजस्तै तीन कम्पनीले पाएनन् रु.५० मै आइपीओ बेच्न, अंकित मूल्य सुधारेर पुनः आवेदन
New Office

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट कम्पनीले जस्तै ५० रुपैयाँमा आइपीओ निष्कासनको अनुमति माग्दै तीन कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका थिए ।  

फरक–फरक सेक्टरका तीन कम्पनीले अंकित मूल्य ५० रुपैयाँ तोकेर आइपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएपनि उक्त कम्पनीहरुले सोही मूल्यमा आइपीआको अनुमति नपाउँने छाँटकाँट देखेपछि पुनः १०० रुपैयाँमूल्य तोकेर बोर्डमा निवेदन दिएका छन् ।  

जसमा होटल तथा पर्यटन समूहतर्फको अकामा होटल लिमिटेड, अन्य समूहतर्फ नेपाल ब्रोडकास्टिङ च्यानल र उत्पादन तथा प्रशोधन समूहतर्फ एभरेष्ट कलर लिमिटेड रहेका छन् ।  

सोमध्ये एभरेष्ट कलर लिमिटेडले अंकित मूल्य ५० रुपैयाँलाई परिवर्तन गरी १०० रुपैयाँ अंकित मूल्य तोकेर पुनः बोर्डमा निवेदन दिएकोमा बोर्डले उक्त अनुमतिलाई स्वीकृत दिइसकेको छ ।  

जसबमोजिम कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई आइपीओ निष्कासनको आवेदन खुलाइसकेको छ भने दोस्रो चरणको आइपीओ अर्थात् सर्वसाधारणलाई सेयर निष्कासन गर्न बाँकी नै रहेको छ ।  

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता आइपीओ निष्कासनको अनुमति पाएको हो । यसअघि कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ दरमा ३ करोड ९० लाख रुपैयाँ बरारको ७ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

साथै बाँकी दुई कम्पनीले पनि अंकित मूल्य सुधार गरेर बोर्डमा पुनः निवेदन दिएका छन् । अकामा होटल लिमिटेडले अंकित मूल्य १०० रुपैयाँ दरको ४२ करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको ४२ लाख ८५ हजार ८०० कित्ता आइपीओ निष्कासनको अनुमति मागेको छ ।  

यसअघि कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको ४५ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको थियो ।  

त्यस्तै, नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेडले पनि अंकित मूल्य १०० रुपैयाँमा ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आइपीओ निष्कासन गर्न बोर्डमा पुनः निवेदन दिएको छ । कम्पनीले यसअघि प्रतिकित्ता ५० रुपैयाँमा ५ करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर बेच्न बोर्डसँग अनुमति मागेको थियो ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

एभरेष्ट कलर लिमिटेडले अंकित मूल्य र सेयर निष्कासनको इस्यु साइज बढाएपछि बोर्डबाट अनुमति पाएको हो । सोहीबमोजिम अकामा होटल र नेपाल ब्रोडकास्टिक च्यानलले पनि अंकित मूल्य र सेयर निष्कासको साइज बढाएर पुनः निवेदन दिएका हुन् ।  

आवेदन माग्ने कम्पनीहरुले पेश गरेका कागजात, विवरण तथा विवरणपत्र, तोकिएको कानूनी व्यवस्था तथा नियामकीय मापदण्ड बमोजिम नभएसम्म धितोपत्रको दर्ता तथा निष्कासको स्वीकृति प्रदान नगरिने बोर्डले जनाएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.