काठमाण्डौ । कोशी प्रदेशमै पहिलो पटक सुनसरीको इटहरीबाट डेढ वर्ष अघि फुड डेलिभरी सुविधा दिनेगरी सञ्चालनमा आएको ‘जाऔँ’ ले शतप्रतिशत क्यास ब्याकसहितको राइड सेयरिंङको अफर बजारमा ल्याएको छ ।
नयाँ वर्ष २०८१ को अवसरमा पारेर ‘जाऔँ’ ले सो सुविधा बजारमा ल्याएको जाऔँ सर्भिस प्रालिका प्रमुख कार्यकारी अधिकृत दुर्गेश चौधरीले बताए ।
शतप्रतिशत क्यास ब्याकअन्तर्गत यात्रुहरूले पहिलो पटक जाऔँको सुविधा लिएबापत तिरेको सम्पूर्ण रकम यात्रुकै वालेटमार्फत क्यास ब्याक गरिने कम्पनीले जनाएको छ । यात्रु गन्तव्यमा पुगेपश्चात् सफलतापूर्वक यात्रा गरेको एसएमएस प्राप्त भएपश्चात् तत्कालै शतप्रतिशत क्यास ब्याक हुने चौधरीले बताए ।
दोस्रो पटकदेखि भने १० प्रतिशतसम्म क्यास ब्याक गरिने कम्पनीका कार्यकारी अधिकृत चौधरीको भनाइ छ । यात्रुले मोबाइलको प्लेस्टोरमा गएर जाऔँ को एप डाउनलोड गरेर चाहिए अनुसारको सुविधा लिन सक्नेछन् ।
कोशी प्रदेशका धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, इनरुवा, झुम्कालगायतका मुख्य सहरहरूलाई लक्षित गरेर सञ्चालनमा आए पनि मधेस प्रदेशको वीरगन्ज र जनकपुरमा समेत यो राइड सेयरिङको अफर ल्याएको कम्पनीले जनाएको छ ।
अन्य राइड सेयरिंङ एपहरू भन्दा यात्रुहरूलाई जाऔँ एप प्रयोग गर्दा सहुलीयत पर्ने कार्यकारी अधिकृत चौधरीको भनाइ छ । जाऔँको एप प्रयोग गरेर राइड सुविधा लिएबापत प्रत्येक यात्रामा कम्पनीले प्वइन्ट प्रदान गरी वालेटमा सोही अनुसारको पैसा फिर्ता गरिदिने व्यवस्था समेत मिलाएको छ।
जाऔँले मुख्य सहरहरूमा १ सय भन्दा बढी राइडरहरुको रजिष्ट्रशन गरिसकेको जनाएको छ । यात्रुहरूलाई छिटो, छरितो र भरपर्दो सेवा दिनका लागि आफूहरूले सुविधा बिस्तार गर्दै लगेको कम्पनीले जनाएको छ । राइड सेयरिङका लागि यात्रुहरूले मोटरसाइकल, अटो र कारमा सुविधा लिन सक्नेछन् ।