शुक्रबार, श्रावण १,२०८३ 02:00:14
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 02:00:14
Bizshala
Global IME Bank Limited

बीमा प्राधिकरणको नयाँ वेबसाइटको शुभारम्भ

बीमा प्राधिकरणको नयाँ वेबसाइटको शुभारम्भ
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको नयाँ वेबसाइटको शुभारम्भ गरेका छन् ।

प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आयोजित एक कार्यक्रममा अध्यक्ष सिलवालले नयाँ वेबसाइटको शुभारम्भ गर्दै प्राधिकरणले नविनतम् प्रविधिमा जोड दिनेक्रममा नयाँ वेबसाइट सञ्चालनमा ल्याएको बताए ।

अध्यक्ष सिलवालले आगामी साउन १ गतेदेखि प्राधिकरणका काम, कारवाही र सेवा प्रवाह डिजिटलरूपमा हुने जानकारी दिनुहुँदै बीमा कम्पनीहरूले पनि डिजिटलाइजेनमा प्राथमिकता दिनुपर्ने र कम्पनीका सबै गतिविधिहरू पारदर्शी हुनुपर्ने बताए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणका काम, कारवाही लगायत समग्र विषयमा नयाँ वेबसाइटबाट जानकारी प्राप्त हुने बताउँदै आगामी दिनमा प्राप्त हुने सुझाव र आवश्यकताका आधारमा वेबसाइटलाई परिमार्जन गर्दै लगिने बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारीले नयाँ वेबसाइटबाट प्राधिकरणको केन्द्रीय कार्यालयका साथै प्रादेशिका कार्यालयका समग्र गतिविधिका बारेमा जानकारी प्राप्त गर्न सकिने बताए ।  

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले सञ्चालन गरेको कार्यक्रममा प्राधिकरणका कर्मचारीहरू र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्राधिकरणको नयाँ वेबसाइटमा नेपाली र अङ्ग्रेजी भाषामा जानकारी प्राप्त गर्न सकिने र अनलाइन गुनासो सुनुवाई तथा च्याटबोटको व्यवस्थाका साथै बीमा सन्देश, बीमा साक्षरता लगायतका सामग्रीहरू समावेश रहेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.