बुधबार, असार १०,२०८३ 01:31:07
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:31:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाल्पा सिमेन्टले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

Laxmi Sunrise Bank Limited
पाल्पा सिमेन्टले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले पाँचौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ १९ गते नवलपरासीको सुनवलमा रहेको होटल महामायामा दिउँसो १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको चुक्तापूँजी तथा सञ्चित मुनाफाको कुल रकम भन्दा बढी ऋण लिने, कम्पनीको सीमाभन्दा बढी दिएको चन्दा अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र विभिन्न दफा तथा नियम संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, उक्त अवधिको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, अन्य कम्पनीसँग गाभ्ने÷गाभिने कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, ४ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।      

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.