सोमबार, श्रावण १८,२०८३ 07:05:44
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:05:44
Bizshala
Global IME Bank Limited

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला निर्वाचित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला निर्वाचित
New Office

काठमाण्डौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट पुण्यप्रसाद सिटौला (सरोज) अध्यक्षमा निर्वाचित भएका छन्।  

वैशाख २७ गतेदेखि शुरु भएको महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न मतदानबाट सिटौलाले १ हजार ३० मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्।

उनका प्रतिस्पर्धी हरिशरण केसीले ४६४ मत प्राप्त गरेका थिए। मतदानमार्फत सम्पन्न नेतृत्व चयनमा सिटौलाले स्पष्ट बहुमतका साथ महासंघको नेतृत्व सम्हालेका हुन्।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल निर्वाचित भएका छन्।  

त्यस्तै उपाध्यक्ष पदमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी विजयी भएका छन्। 

सात उपाध्यक्ष पदका लागि १३ जनाबीच प्रतिस्पर्धा भएको थियो।

महासंघको मालवाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ र महासचिवमा डेकनाथ गौतम निर्वाचित भएका छन्।  

उपमहासचिव पदमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा विजयी भएका छन्।

सचिव पदमा उमेश केसी, चेतप्रसाद गौतम र टंकप्रसाद बस्याल निर्वाचित हुँदा कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मतसहित विजयी भए।  

सहकोषाध्यक्षमा शोभाखर पौडेल चयन भएका छन्। महाधिवेशनमार्फत कुल ७८ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

नवनिर्वाचित अध्यक्ष सिटौलाले सार्वजनिक यातायात क्षेत्रका समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।  

उनले नयाँ सरकारसँग मिलेर सुधारका काम अघि बढाउने बताएका छन्।

देशभरका सार्वजनिक यातायात सञ्चालन गर्ने समिति, कम्पनी, प्रालि तथा सहकारीका करिब २ हजार प्रतिनिधि र पर्यवेक्षक महाधिवेशनमा सहभागी थिए।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.