आईतवार, श्रावण १०,२०८३ 03:15:44
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:15:44
Bizshala
Global IME Bank Limited

पूर्वगृहमन्त्री गुरुङको सम्पत्ति छानबिन गर्न माग

पूर्वगृहमन्त्री गुरुङको सम्पत्ति छानबिन गर्न माग
New Office

काठमाण्डौ । सुधन गुरुङको सार्वजनिक गरिएको सम्पत्ति विवरणलाई लिएर संघीय संसदमा नयाँ राजनीतिक बहस सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रतिनिधि सभामा बोल्दै गुरुङको सम्पत्तिमाथि निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शाहले पूर्वगृहमन्त्री गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण ‘अस्वाभाविक र शंकास्पद’ देखिएको टिप्पणी गर्दै त्यसको स्रोत, विवरण र कानुनी वैधतामाथि गम्भीर अनुसन्धान आवश्यक रहेको बताए।

उनले हाल गठन गरिएको छानबिन समितिमाथि समेत प्रश्न उठाउँदै समिति निष्पक्षभन्दा पनि चोख्याउने उद्देश्यतर्फ उन्मुख भएको जनआशंका बढ्दै गएको दाबी गरे। ‘जनतामा आयोगमाथि विश्वास कायम राख्न पारदर्शी र स्वतन्त्र अनुसन्धान आवश्यक छ,’ शाहले संसदमा भने।

सांसद शाहले कुनै पनि शक्तिशाली व्यक्ति कानूनभन्दा माथि नहुने उल्लेख गर्दै छानबिन प्रक्रियामा राजनीतिक प्रभाव, दबाब वा शक्ति केन्द्रको हस्तक्षेप हुन नहुने धारणा राखे। उनले सरकारलाई आयोगको कार्यप्रणालीमाथि निगरानी राख्न र अनुसन्धान प्रक्रियालाई विश्वसनीय बनाउन आग्रह गरे।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.