काठमाण्डौ । व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया–चेन ‘चिया अड्डा’को नयाँ शाखा काठमाण्डौको सुन्धारास्थित सिभिल मलको ७ औं तलामा सञ्चालनमा आएको छ।
उद्यमी संजोग कोइरालाले सन २०१८ मा नयाँ बानेश्वरबाट सुरु गरेको चिया अड्डा हालसम्म उपत्यकामा सुन्धारा, नयाँ बानेश्वर, पुतलीसडक, बसन्तपुर, त्रिपुरेश्वर र उपत्यका बाहिर भरतपुरमा गरी ६ ठाउँमा विस्तारमा भएको छ।
सिभिल मलमा मनोरम वातावरण(एमबिएन्स) सहित सञ्चालनमा आएको चिया अड्डाको नयाँ आउटलेटमा चिया अड्डाको स्पेसल चिया र रोजेको खाजा बजेटमा पाइने सञ्चालक कोइराला बताउँछन्।
विदेशी राष्ट्रहरूमा युवापुस्तामा देखिने कफी कलचरलाई नेपालमा युवापुस्ता आकर्षित गरी चिया संस्कृतिको रूपमा विकास गर्न चिया अड्डा सुरुवात देखिनै लागिरहेको कम्पनीले जनाएको छ।