आईतवार, असार १४,२०८३ 10:31:23
Bizshala
  • आईतवार, असार १४,२०८३ 10:31:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एकै दिन २७४ आरोही सगरमाथाको चुचुरोमा, नयाँ कीर्तिमान

Laxmi Sunrise Bank Limited
एकै दिन २७४ आरोही सगरमाथाको चुचुरोमा, नयाँ कीर्तिमान

काठमाण्डौं । यस वर्षको वसन्तकालीन आरोहण याम सगरमाथामा नयाँ इतिहास रच्ने दिशातर्फ उन्मुख देखिएको छ ।  

बुधबार मात्रै एकै दिन २७४ जना आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । 

New Office
CG Motors
Garima Development Bank

पर्वतारोहण क्षेत्रमा यो सङ्ख्या हालसम्मकै सबैभन्दा ठूलो एकदिने सफल आरोहणका रूपमा दर्ज भएको छ ।

वैशाख ३० गते सगरमाथा आरोहणका लागि ‘रुट फिक्सिङ’ सम्पन्न भएसँगै आरोहण औपचारिक रूपमा शुरु भएको थियो ।  

त्यसयता मौसम अनुकूल बनेका सीमित दिनहरूमा आरोहीहरूको चाप उल्लेखनीय रूपमा बढेको छ ।  

पछिल्लो एक सातामै सयौँ आरोही शिखरतर्फ उक्लिएका छन् भने बुधबार मौसम केही खुला बनेपछि स्वदेशी तथा विदेशी आरोहीहरूको ठूलो समूहले एकै दिन चुचुरो चुम्न सफल भएको हो ।

पर्वतारोहण सञ्चालक सङ्घका महासचिव ऋषिराम भण्डारीका अनुसार यसअघि करिब १४० जना आरोही सफलतापूर्वक शिखर पुगेर आधार शिविर फर्किसकेका थिए ।  

बुधबार थप २७४ जनाले आरोहण पूरा गरेसँगै यस वर्षको सगरमाथा सिजन अत्यन्त व्यस्त र सफल बन्ने संकेत देखिएको उनले बताए ।

उनका अनुसार पछिल्ला दुई दिनयता उच्च हिमाली क्षेत्रमा हिमआँधी र तेज हावाको प्रभाव बढे पनि मौसमले साथ दिए आगामी दिनमा अझ धेरै आरोही शिखर पुग्ने सम्भावना छ । 

यस वर्ष सगरमाथामा अहिलेसम्मकै धेरै आरोहीले सफल आरोहण गर्ने नयाँ कीर्तिमान बन्न सक्ने अनुमान पर्वतीय पर्यटन व्यवसायीहरूले गरेका छन् ।

सगरमाथासँगै अन्य प्रमुख हिमालहरूमा पनि आरोहण गतिविधि तीव्र बनेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ल्होत्से हिमालमा ५० भन्दा बढी तथा नुप्से हिमालमा १६ जनाभन्दा बढी आरोहीले सफल आरोहण गरिसकेका छन् ।

पर्यटन विभागका अनुसार यस सिजनमा ल्होत्सेका लागि १४३ र नुप्सेका लागि ५६ वटा आरोहण अनुमति जारी गरिएको छ ।

पर्यटन विभागको तथ्याङ्कअनुसार यस वर्ष सगरमाथा आरोहणका लागि मात्रै ४९४ जनाले अनुमति लिएका छन्, जुन हालसम्मकै उच्च सङ्ख्या हो ।  

प्रत्येक आरोहीसँग सहयोगी शेर्पा टोली पनि रहने भएकाले सगरमाथा क्षेत्रमा सक्रिय आरोही र सहयोगीहरूको सङ्ख्या झण्डै एक हजार पुग्ने अनुमान गरिएको छ ।

यसअघि सन् २०२१ मा ४०८, २०२२ मा ३२५, २०२३ मा ४७८, २०२४ मा ४२१ र २०२५ मा ४५६ जनाले सगरमाथा आरोहण अनुमति लिएका थिए ।  

यस वर्ष भने ती सबै रेकर्ड पार गर्दै नयाँ उच्च सङ्ख्या कायम भएको विभागले जनाएको छ ।

यसपटक नेपालसहित ५५ देशका आरोहीले सगरमाथा आरोहण अनुमति लिएका छन् ।  

तीमध्ये चीनबाट सबैभन्दा धेरै १०९ जना रहेका छन् । त्यसपछि अमेरिकाबाट ७७, भारतबाट ६१, बेलायतबाट ३२, रसियाबाट १८ र जापानबाट १२ जना आरोही रहेका छन् ।

विभागले यस याममा छ हजार मिटरभन्दा अग्ला ३० वटा हिमालका लागि आरोहण अनुमति जारी गरेको जनाएको छ ।  

सगरमाथापछि ल्होत्से, अमादब्लम, मकालु र नुप्से हिमालमा सबैभन्दा बढी आरोहीको आकर्षण देखिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.